धादिङ,७ मंसिर
१२ ओैं राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८० को अवसरमा करदाता सेवा कार्यालय गल्छीबाट धादिङ जिल्लामा बढि कर तिर्ने बैंक तथा वितिय संस्थाको तर्फबाट भैरवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड धादिङवेसी सम्मानित भएको छ । करदाता सेवा कार्यालय गल्छीले धादिङ र नुवाकोट जिल्लाका आठ वटा फर्म तथा कम्पनी सम्मानित भएको हो ।
कर तिर्नु कानूनी दायित्व मात्र नभई सम्मान पाउने अवसर पनि हो भन्दै कार्यालय प्रमुख शिखा वाग्लेले यस वर्ष उधोग, व्यापार, वैकं तथा वित्तिय संस्था र शिक्षण संस्था चार वटा विधामा दुई वटा जिल्लाबाट आठ वटा फर्मरकम्पनी सम्मानित हुनु भएकोमा बधाई ज्ञापन गर्दै आगामी दिनमा कर प्रणालीलाई सरल र सहज वनाउँदै लैजान सवैको साथ सहयोग र सल्लाहको लागि अनुरोध गर्नुभयो । करदाता सम्मान कार्यक्रमकै अवसरमा कार्यालयमा कार्यरत एक जना जेहेन्दार कर्मचारीलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |