धादिङ,०५ मंसिर
त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ७ खहरेमा मंसिर ९ गते रक्तदान कार्यक्रम हुने भएको छ । नेत्रावती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारण सभाको अवसरमा खहरे स्थित अचने मा.विको प्राङ्गणमा बृहत खुल्ला रक्तदान कार्यक्रम हुने भएको हो ।
नेत्रावती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ५, र ७ को मुख्य सहयोगमा हुने रक्तदान कार्यक्रममा श्री अचने माध्यमिक विद्यालय, नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस र लायन्स क्लब अफ काठमाण्डौ ब्लड सर्कलको सहयोग तथा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधि सहयोग रहेको छ।
मंसिर ८ गते बिहान १० बजे देखि दिउँसो ४ बजे सम्म रक्तदान कार्यक्रम हुने आयोजकले जनाएको छ । साथै कार्यक्रममा सक्रिय सहभागिताका जनाइ रक्तदान गरी सहयोग गरिदिनहुन आयोजकले अपील समेत गरेको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |