धादिङबेशी । आज देखि नीलकण्ठ नगरपालिका वडा न ३ मा कार्यालय राखी संचालनमा रहेको श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लि. र हिमाल बचत तथा ऋण सहकारी संस्था लि.को एकिकृत कारोबार सुभारम्भ भएको छ ।
आईतबार दुवै सहकारी संस्थाले एकिकरणको संयुक्त साधारण सभा सम्पन्न गरेपछि आज बाट सयुक्त कारोबार सुभारम्भ गरिएको छ । समान प्रकृति र समान कार्यक्षेत्र भएका दुइ सहकारीहरु एकिकरण मार्फत सवल, सुदृढ, दिगो, गुणस्तरीय र सक्षम सहकारी संस्था निर्माण गरी सदस्यको आर्थिक, सामाजिक स्तरउन्नती गर्ने कार्यमा योगदान दिनको लागि एकिकरण गरिएको संस्थाका महासचिव नवराज पाठकले जानकारी दिनुभयो ।
दुवै संस्थाको एकिकरण पश्चात शेयर सदस्य संख्या ८ हजार ८ सय ९७ पुगेको र कुल वासलात ६१ करोड ३४ लाख ३६ हजार ४५० रुपैया संस्था द्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ । त्यसैगरी एकिकरण पछि शेयर पुँजी ७ करोड १० लाख १ एक हजार ३ सय कायम भएको छ । एकिकरण पश्चात श्रोत परिचालन साकोसको विद्यमान विनियम, कार्यक्षेत्र र दर्ता नम्बर लाई कायम गरी श्रोत परिचालन साकोसको १३ सदस्यीय मौजुदा संचालक समितिमा १ जना सचिव र २ जना संचालक समिति सदस्य हिमाल साकोषको तर्फबाट मिलान गरी रुद्र बहादुर खत्रीको अध्यक्षतामा एकिकृत संचालन समिति र दुर्गा अधिकारीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन गरिएको छ ।
एकिकरण पश्चात हिमाल साकोसको ३ जना कर्मचारीहरु श्रोत परिचालन साकोसको विद्यमान मानव संशाधन व्यवस्थापन आन्तरीक कार्यविधि बमोजिमको दरवन्दीमा मिलान गरिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |