धादिङबेशी । कृषि ब्यवसाय बाटनै आफ्नो जीवन स्तरमा सुधार गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् नीलकण्ठ नगरपालिका वडा न २ सिउडीबारका तोयानाथ अधिकारी “बद्री” ।
रोजगारीको सिलसिलामा भारत पुगेको बेला मध्यप्रदेशको सुन्तला खेतीबाट प्रभावित भई भारतबाट फर्किपछि २०५५ साल देखि उहाँले सुन्तलाको खेतीको सुरुवात गर्नु भएको हो । परम्परागत खेती मकै, गहुँ र कोदो भन्दा सुन्तला लगाएत फलफुल खेतीबाट नै राम्रो आम्दानी हुने सम्भावना देखेर खाद्यान्न खेती छोडेर फलफुल तथा कृषिको व्यावसाय सुरु गरको उहाँको भनाई छ । हाल उहाँले १५ रोपनी क्षेत्रफलमा सुन्तला लगाएतका फलफुल खेती गर्दै आउनु भएको छ ।
बार्षिक १० लाखको हाराहारीमा आम्दानी हुन थालेपछि अहिले उहाँको जीवन स्तरमा सुधार आएको छ । हिउँद लागेसँगै बजारमा सुन्तला, मौसम, निबुवा कागतीलगायत फलफूलको माग निकै बढ्ने गर्छ । बारीभरी लटरम्मै फलेका सुन्तलाले पैसा मात्र होईन सन्तुष्टि समेत मिल्ने गरेको अधिकारीको भनाई छ । भूगोल र वातावरणीय हिसाबले पनि यहाँ सुन्तला खेती राम्रोसँग फस्टाउने गरेको छ । पछिल्लो समय सुन्तलाको माग बढेको र मूल्य पनि राम्रो पाउन थालेको उहाँको भनाई छ । सुन्तलाखेती बाट नै मनग्य आम्दानी हुन थालेपछि अधिकारी अहिले उत्साहित देखिएका छन् ।
उहाँको बगैचामा सुन्तला मात्र मात्र होईन कागती, जुनार,मौसम,नासपाती लगाएतका फलफुलहरु समेत लगाएका छन् । फलफुल बगैचा भित्र उहाँले मौसमी तथा बेमौसमी तरकारीहरु रोप्दै आएका छन् । काउली,बन्दा,गोलभेडा,खुर्सानी,सागसम्बी लगाएतका तरकारीहरु उत्पादन भएको देखिन्छ । फलफुल र तरकारी मात्र नभएर उहाँ पशुपालमा समेत अव्वल देखिन्छन् । उहाँले आधुनिक गोठमा जर्सी गाई,भैसी,र खसी बोका समेत पाल्दै आएका छन् । कृषि र पशुपालन बाट आम्दानी हुन थालेपछि अहिले उहाँ मात्र होईन उहाँको परिवार नै खुसी भएर फर्म दर्ता गरि कृषि पेशामा नै रमेका देखिन्छन् । परिवारको सदस्यहरुले मात्र नभ्याउने हुँदा गाउँकै स्थानियहरुलाई समेत कहिले काहि रोजगारी दिने गरेको उहाँको भनाई छ ।
यो वर्ष सुन्तला प्रतिकेजी ८० देखि ९० रुपैयाँका दरले बिक्री सुरु भएको उहाँले बताउनु भयो । उहाँले ‘गत वर्षभन्दा यो वर्ष सुन्तलाको उत्पादन बढेकाले आम्दानी पनि बढ्ने अपेक्षा गर्नु भएको छ । दैनिक रुपमा बैदेशिक क्षेत्र पलायन भैरहेका युवाहरुलाई नीलकण्ठ नगपालिका वडा न २ का यी सफल कृषकबाट केहि प्रेरणाको स्रोत अवश्य मिल्न सक्ने देखिन्छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |