धादिङ जिल्ला खनियाबास गाउँपालिका वडा न ५ मा रहेको बच्छलादेवी माविमा भु.पु. विद्यार्थी समाजको प्रथम अधिबेशन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शिवहरि रिजालको अध्यक्षतामा सम्पन्न अधिबेशन बाट बम बहादुर तामाङको अध्यक्षतामा १५ सदस्यिय नयाँ कार्य समिति चयन गरेको हो ।
गठित भु.पु. विद्यार्थी समाजको बरिष्ठ उपाध्यक्षमा शान्ता तामाङ,उपाध्यक्षमा रविन्द्रबाबु रिजाल,सचिवमा कृष्ण बहादुर पौडेल बद्री, कोषाध्यक्षमा सुजना सिंखडा, सह– सचिवमा जयराम रिजाल रहेका छन् । त्यसैगरी सदस्यहरुमा संगिता पाख्रिन,हरि तामाङ,कमल तामाङ,पार्वती तामाङ,वम बहादुर गुरुङ,राम बहादुर तामाङ,बसन्त रिजाल,शिवहरि सापकोटा र हिरा तामाङ रहेका छन् ।
कार्यक्रममा भु.पु. न्याय तथा कानुन मन्त्री दिलमान पाख्रिन,भु.पु. पर्यटन राज्यमन्त्री परशुराम तामाङ,नेपाल खुल्ला बिश्वबिद्यालयका डिन डा. केदार रिजाल, खनियाबास गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङ, नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरिक्षक देउती गुरुङ,भुतपुर्व प्रअ मेघनाथ रिजाल,जिल्ला समन्वय समितिका सदस्य रविन्द्र जंग वाईवा लगाएतको आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रममा बच्छलादेवी मा.वि.मा पहिलो २०४४ सालमा एस.एल.सी.ब्याचका समशेर बहादुर पाख्रिन,विद्यालयका प्रअ मेघनाथ रिजाल,शिक्षक दिनानाथ रिजाललाई सम्मान गरिएको थियो भने लामो समय उक्त बिद्यालयमा प्र.अ संचालन गर्नुहुने स्वर्गीय अर्जुन ब.रिजाललाई मरोणपरान्त सम्मान प्रदान गर्दै उहाँको परिवारलाई सम्मान गरेको थियो । त्यसैगरी कार्यक्रममा आर्थिक बर्ष २०७९।०८० मा एस.ईईमा बढि अंक ल्याउने छात्र जिवन नर्थेन तामाङ र कक्षा १२ मा बढि अंक ल्याउने छात्रा निशा तामाङलाई जनहि नगद तथा प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको थियो । नव गठित भु.पु. बिद्यार्थी समाजले आगामी दिनमा छात्राबास निर्माणमा पहल गर्ने, जेहेन्दार बिद्यार्थीलाई छात्राबास ब्यवस्था गर्ने र स्वर्गीय अर्जुन रिजालको परिवार संग समन्वय गरेर अक्षयकोष खडा गर्ने नव गठित समितिका सचिव कृष्ण बहादुर पौडेलले बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै भु.पु. न्याय तथा कानुन मन्त्री डिलमान पाख्रिनले बच्छलादेवीमा छात्राबास निर्माणको लागी आफुले सक्दो सहयोग गर्ने बताउनु भएको छ । त्यसैगरि भु.पु. पर्यटन राज्यमन्त्री परशुराम तामाङले खनियाबासमा रिजाल संग्रालय निर्माणको थालनी गर्नुपर्ने बताउनु भयो । त्यसैगरि गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङले बच्छलादेवी माविमा क्याम्पस संचालन गर्ने बिषयमा जोड दिनुभएको नव गठित समितिका सचिव कृष्ण बहादुर पौडेलले बताउनु भयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |