धादिङ,१० असोज
नेपाली कांग्रेस धादिङले असोज १९ गते गर्ने प्रथम जिल्ला सम्मेलनको तयारी गर्न मूल आयोजक समिति सहित विभिन्न समितिहरू गठन गरेको छ । नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीको संयोजकत्वमा मंगलबार प्रथम जिल्ला सम्मेलन मुल आयोजक समिति गठन गरेको हो ।
जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरु, दुबै प्रतिनिधी सभा क्षेत्रीय कार्यसमितिका सभापति, चार वटै प्रदेश सभा क्षेत्रीय समितिका सभापति, दुईवटा नगरपालिका कार्यसमिति, ११ वटा गाउँपालिका कार्यसमिति, एक सय चार वटा वडा कार्यसमितिका सभापति, १२ वटा भातृसंस्थाका जिल्ला अध्यक्ष, दश वटा सुभेच्छुक संस्थाका जिल्ला अध्यक्ष रहने गरि समिति गठन गरिएको नेपाली कांग्रेस धादिङले जनाएको छ । नेपाली कांग्रेस धादिङको प्रथम जिल्ला सम्मेलन राजनितिक प्रतिवेदन तयारी समितिमा जिल्ला कार्य समिति सदस्य दिपक कोईराला र नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य भरत भट्टलाई चयन गरेको छ ।
त्यसैगरी जिल्ला सम्मेलन साङगठनिक प्रतिवेदन तयारी समितिमा जिल्ला कार्य समिति सचिव रामकृष्ण पाण्डेको संयोजकत्वमा ७ सदस्यिय समिति गठन गरेको छ । त्यस्तै कोषाध्यक्ष रामप्रसाद अधिकारीको संयोजकत्वमा आर्थिक प्रतिवेदन तयारी समिति गठन गरिएको छ । जिल्ला कार्यसमितिका सह सचिव नवराज तिमल्सिनाको संयोजकत्वमा ५ सदस्यि सुचना तथा प्रविधि संयोजन समिति चयन गरेको छ । त्यसैगरी प्रथम जिल्ला सम्मेलनमा कार्य समितिका सदस्य तथा प्रवक्ता बिनोद तिमल्सिनाको संयोजकत्वमा २० सदस्य प्रचार प्रचार समिति गठन गरेको छ । जिल्ला सम्मेलन मञ्च तथा कार्यक्रम स्थल व्यवस्थापन समितिमा कार्य समितिका सदस्य देवी प्रसाद कोईरालाको संयोजकत्वमा १४ सदस्यिय समिति गठन गरिएको नेपाली काग्रेस धादिङका सह सचिव नवराज तिमल्सिनाले बताउनु भयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |