धादिङ । सिद्धलेक गाँउपालिका धादिङ तथा किर्तिगंगा मेडिकल सेन्टरको सहयोगमा कालीदेवी माध्यमिक विद्यालय सिद्धलेक–४ आरुवास धादिङमा विस्तृत विद्यालय स्वास्थ्य कार्यक्रम (Comprehensive School Health Program) सम्पन्न भएको छ ।
कार्यक्रममा किर्तिगंगा मेडिकल सेन्टरका डा. राम थापा क्षेत्री बाट कक्षा ईसिडि देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई आकस्मिक स्वास्थ्य शिक्षा तथा जीवनपयोगी सीप र जनचेतनामूलक सामूहिक कार्यशाला तथा प्रशिक्षण दिनुभएको थियो । विद्यालयमा तथा दैनिक जीवनमा हुन सक्ने तथा विभिन्न आकस्मिक घट्नाहरुको न्युनिकरण र प्राथामिक रोकथाम गर्ने उद्देश्यका साथ कार्यशाला गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुलाई प्रत्यक्ष अभ्यास पनि गराइएको थियो ।
डा. राम थापा क्षेत्रीले घटना हुनुभन्दा अगाडी वा भैसकेपछी आफ्नो सुरक्षाका लागि विभिन्न उपाय वा विधिहरु प्रयोग गरी त्यसबाट हुन सक्ने जोखिम तथा अन्य ठुला घट्नाहरुबाट जोगिन सकिने बताउनु भएको छ । त्यसै गरी विद्यालयमा गरिएको कार्यक्रम अत्यन्तै प्रभावकारी तथा प्रयोगमुलक भएको विद्यालयका प्रधानाध्यापक बाबुराम तामाङले बाताउनु भयो । कार्यक्रममा स्वास्थ्य संस्थाका स्टाफहरु महिला स्वयंसेविकाहरु वडा तथा गाँउ कार्यपालिका सदस्य, विद्यालय शिक्षक तथा अभिभावकहरको उपस्थिति रहेको विद्यालयका सुचना अधिकारी सुनिल थापा मगरले धादिङ संचार डट. कम.लाई जानकारी दिनुभयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |