धादिङ । रामकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । निलकण्ठ नगरपालिका–८ अवस्थित सहकारीको शनिबार न्यु किवो बोर्डिङ स्कुलको प्राङ्गणमा बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष रामकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा धादिङ बचत तथा ऋण सहकारी सघका अध्यक्ष नवराज शर्मा ज्युको प्रमुख आतिथ्य तथा निलकण्ठ नगरपालिका –८ का वडा अध्यक्ष प्रकाश श्रेष्ठको विशिस्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा नेफ्स्कुनका फिल्ड इन्चार्ज शम्भु घिमिरे,निलकण्ठ नगरपालिका विद्यालय श्रोतब्यक्ती मेघनाथ कोइराला लगायत विभिन्न सहकारीका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । सहकारीले साधारण सभाको अवसरमा असल ऋणीहरुलाइ पुरस्कृत समेत गरेको छ ।
साधारणसभाको अवसरमा संस्थाले शेयर सदस्यहरु मध्येबाट उत्कृष्ट बचतकर्ता तथा उत्कृष्ट ऋणी ५÷५ जना, असल बचत समूह, असल ऋणी समुह १÷१ वटा, उत्कृष्ट कर्मचारी १ जनालाई सम्मान गरिएको हो । कार्यक्रममा सम्पुर्ण शेयर सदस्यहरु बाट लक्की ड्र मार्फत पहिलो चरणमा ३ जनालाइ कलश, दोस्रो चरणमा २ जनालाई प्रेसर कुकुर र तेस्रो चरणमा १ जनालाई फिल्टर समेत प्रदान गरिएको संस्थाका संचार उपसमितिका सदस्य कल्पना श्रेष्ठले जानकारी दिनुभयो ।
सभामा प्रमुख अतिथी धादिङ बचत तथा ऋण सहकारी संघका अध्यक्ष नवराज शर्माले रामकोट बचत तथा ऋण सहकारी संस्था ली. पुँजीको हिसाबले भर्खरै अघि बढ्दै गरेको संस्था सुशासनको हिसाबले निकै राम्रो भएको कुरा व्यक्त गर्नु भएको छ । संस्थाले प्रयाप्त रुपमा ऋण सुरक्षण कोषको व्यवस्था गरेको, बार्षिक बजेट तथा कार्यक्रम सदस्यमुखी भएको, सदस्यहरुको सम्मान तथा पुरस्कार प्रदान गर्न कार्यविधि निर्माण गरिएको, कर्मचारीहरुको कार्यसम्पादन मुल्याङ्कन गरी उत्कृष्ट कर्मचारी छनोट तथा पुरस्कार प्रदान गर्ने गरेको राम्रो पक्ष रहेको उहाँको भनाई छ । उहाँले सदस्यलाई प्रदान गर्ने प्रतिवेदनमा नै गत वर्षको योजना र उपलब्धिको तुलनात्मक प्रतिवेदन तथा फरक पर्नुका कारण सहित पेश गर्न सुझाव सहित कार्यक्रम सफलताको सुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सहकारीका उपाध्यक्ष राजकुमार श्रेष्ठले सहभागिहरुलाई स्वागत गर्नुभएको थियो भने सस्थाका सचिब र कोषाध्यक्षले बार्षिक प्रतिबेदन पेश गर्नुभएको थियो । २०६६ सालमा स्थानीय स्तरमा केही युवाहरु मिलेर सुरु गरेको सहकारीमा हाल २ हजार ७०६ जना सेयर सदस्यहरु रहेका छन । सहकारीको शेयर पुजी १ करोड ३९ लाख ६१ हजार चार सय, कुल बचत ९ करोड ६९ लाख १५ हजार १११ र कुल सम्पत्ति १२ करोड ३१ लाख ११ हजार ८५० रहेको संस्थाका संचार उपसमितिका सदस्य कल्पना श्रेष्ठले जानकारी दिनुभयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |