धादिङ,२२ भाद्र ।
धादिङ जिल्ला फुटबल संघ र गजुरी गाउँपालिकाबिच मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने भएको छ । जिल्ला स्तरीय नकआउट फुटबल प्रतियेगिताको उद्धघाटनको अवसरमा जिल्ला फुटबल संघका कार्यसमिति र गजुरी गाउँपालिकाका जनप्रतिनीधि कर्मचारी बीच मैत्रिपूर्ण फुटबल हुने भएको हो ।
जिल्ला फुटबल संघ धादिङले संचालन गर्ने नकआउट फुटबल प्रतियोगितामा जिल्लाका १० वटा क्लवहरुले भाग लिने भएका छन् ।
धादिङ जिल्ला फुटबल संघका अनुसार हाइवे स्पोर्ट्स क्लव, वेनिघाट रोराङ मझिमटार, धादिङ जेसिस, धुनीबेसी धार्के, संभायोग युवा क्लव, धुनीबेसी खानिखोला, वच्छलादेवि युवा क्लव, धुनीबेसी, देवाली छाप युवा क्लव, थाक्रे, अरुणोदय युवा क्लव, सिद्धलेक, पिपलटार युवा क्लव, सिद्धलेक, लालिगुँरास युवा क्लव, सिद्धलेक, धादिङ फुटबल क्लव, धादिङ नीलकण्ठ र मुनाल एकेडेमी, गजुरी गाउँपालिका गरी यी १० टिमले नक–आउट खेल्ने छन् ।
मैत्रीपूर्ण फुटबल प्रतियोगिता पछि नकआउट प्रतियोगिता सुरु हुने धादिङ जिल्ला फुटबल संघले जनाएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |