निजामती सेवा दिवसको अवसरमा बिहिबार धादिङबेशीमा रक्तदान तथा कविता प्रतियोगिता सम्पन्न भएको छ । कर्मचारी मिलन केन्द्र धादिङको आयोजनामा बिहिबार भएको रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका थिए ।
बिहान ७ बजेदेखि १० बजेसम्म कर्मचारी मिलन केन्दै परिसरमा भएको रक्तदानमा २२ जना पुरुष र ४ जना महिलाले रक्तदान गरेका हुन् । त्यसैगरी
निजामती सेवा दिवसकै अबसर पारेर कर्मचारी मिलन केन्द्र धादिङको आयोजना आयोजित कविता प्रतियोगितामा शिव दल गण धादिङका गणपति प्रमुख सेनानी अशोकराज वराल प्रथम भएका छन् । प्रतियोगितामा जिल्ला अनुसन्धान कार्यलयमा कार्यरत संगीता घिमिरे द्धितिय,मालपोत कार्यलय धादिङमा कार्यरत लिलानाथ पौडेल तृतीय भएका छन् । प्रतियोगितामा ८ जना राष्ट्रसेवक कर्मचारीहरु बिच प्रतिस्पर्धा भएको थियो ।
कर्मचारी मिलन केन्द्र धादिङको अध्यक्ष तथा डिभिजन वन कार्यालयका प्रमुख अजय विक्रम मानन्धरको अध्यक्षता भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एवम् कर्मचारी मिलन केन्द्र धादिङको संरक्षक बद्रीनाथ गैह्रेको प्रमुख आथिथ्यता रहेको थियो । कविता प्रतियोगिता कार्यक्रमलाई नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले सहयोग गरेको थियो । यस अधि नै सप्ताहब्यापी कार्यक्रम अन्तरर्गत ब्याडमिन्टन, फुटबल प्रतियोगिता सम्पन्न भै सकेको छ ।
हाल सम्म भएका कार्यक्रमका बिजेताहरुलाई आज एक बिशेष कार्यक्रमको आयोजना गरि पुरस्कार बितरण कार्यक्रम आयोजना गरिएको कर्मचारी मिलन केन्द्रका अध्यक्ष अजय बिक्रम मानन्धरले बताउनु भएको छ । उहाँले बिहान पुछारबजार बाट प्रभातभेरी कार्यक्रम गरि समन्वय समितिको हलमा पुगी औपचारिक कार्यक्रम गर्ने र दिउसो कर्मचारी मिलन केन्द्रमा तिज बिशेष कार्यक्रम आयोजना गरिने बताउनु भएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |