धादिङ । नेपाल निजामती कर्मचारी युनियनले नमुना बौद्धिक अपाङ्गता आधारभुत बिशेष विद्यालयलाई खाद्यान्न सहयोग गरेको छ ।
नेपाल निजामती कर्मचारी युनियनको ३४ औँ स्थापना दिवसको अवसरमा आज विद्यालयमा पुगी युनियनमा आवद्ध कर्मचारीहरुले सहयोग गरेका हुन् ।
नमुना बौद्धिक अपाङ्गता आधारभुत बिशेष विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई केहि सहयोग पुगोस भन्ने अभिप्रायले चामाल, दाल, तेल, आलु नुन, बिस्कुट,फ्रुटी लगाएतको समाग्री वितरण गरिएको नेपाल निजामती कर्मचारी युनियन धादिङका अध्यक्ष प्रकाश सापकोटाले बताउनु भयो । नमुना बौद्धिक अपाङ्गता आधारभुत बिशेष विद्यालयमा ३१ जना फरक क्षमताका विद्यार्थीहरु पढ्दै र बस्दै आएका छन् ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय सदस्य कृष्ण बहादुर पौडेल, बिदुर शर्मा, बालकृष्ण नेपाली, धादिङ शाखामा युनियनमा आवद्ध कर्मचारीहरु र कर्मचारी कल्याण बहुउदेश्यीय सहकारी संस्था लि. को अध्यक्ष परशुराम सुबेदी, विद्यालय ब्यस्थापन समितिको अध्यक्ष निशा अधिकारी लगाएतको आतिथ्यता रहेको थियो ।
नेपाल निजामती कर्मचारी युनियन धादिङ शाखाले बिगतमा पनि बिभिन्न किसिमका सहयोग गर्दै सामाजिक काममा सकृय हुँदै आएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |