धादिङ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङको आयोजनामा अन्तराष्ट्रिय वेपत्ता दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ६ धार्केमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि अन्तराष्ट्रिय वेपत्ता दिवस मनाईएको हो । अन्तरक्रिया कार्यक्रममा उपस्थित सहभागीहरुले बेपत्ता परिवारले अझै न्याय नपाएको भन्दै राज्यको ध्यानाकर्षण गराएका थिए । अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि समेत रहेका वेपत्ता परिवार समाजका नेता राम बहादुर भण्डारीले बेपत्ता व्यक्तिको परिवारले राज्यबाट अझै सम्म न्याय नपाएको भन्दै अहिलेको सरकारले यस तर्फ ध्यान दिनुपर्ने बताउनु भएको छ ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी धादिङका सभापती दुर्लभ कुमार तामाङले दिवसको सन्दर्भ र वेपत्ता भएका नागरिकहरु लगायत रेडक्रसले यस अघि गरेका कार्यक्रमहरुको बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।
नेपालमा १० वर्षे शसस्त्र द्धन्दका क्रममा धादिङका २४ जना अझै वेपत्ता रहेको नेपाल रेडक्रस सोसाईटीको तथ्याँङ्कमा उल्लेख भएको देखिन्छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |