धादिङ,१० भाद्र ।
नेपाल कराते महासङ्घ धादिङको अध्यक्षमा बलराम राना मगर चयन हुनुभएको छ । आईतबार सम्पन्न प्रथम जिल्ला सितोरियो कराते महासङ्घको अधिबेशनबाट राना मगरको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन भएको हो ।
अधिवेशनले प्रथम उपाध्यक्षमा शेर ब.तामाङ, द्धितिय उपाध्यक्षमा सुदिप श्रेष्ठ, तृतिय उपाध्यक्षमा राजेन्द्र तामाङ, सचिवमा मिथुन तामाङ, सह–सचीवमा सन्दिप स्याम्जन तामाङ, कोषध्यक्षमा कबिता रन्जितकारलाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा मनोहर वि.क, दावरी तामाङ, सन्त ब.तामाङ, करण गुरुङ, सन्दिप अधिकारी, दिवाकार रन्जितकार, सन्देश घले, सामुएल तामाङ, मनिष तामाङ, सुदिप तामाङ, रोशन घले, सजनी तामाङ, सुजन श्रेष्ठ र दिपराज गुरुङ चयन भएका छन् ।
नेपाल सितोरियो कराते धादिङका इन्चार्ज भिम बहादुर गुरुङ अध्यक्षतामा भएको कार्यक्रममा धादिङ जिल्ला खेलकुद विकास समितीका अध्यक्ष प्रताप सिङ तामाङको प्रमुख आतिथ्य तथा नेपाल सितोरियो कराते महासङ्ग बागमति प्रदेश अध्यक्ष गगन लामाको विषेश आतिथ्य रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |