धादिङ,०४ भाद्र ।
धादिङमा आज ५४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार आज नीलकण्ठ नगरपालिकाका ४९ जना, धुनीबेशी नगरपालिका र त्रिपुरा सुन्दरी गाउँपालिकाका १/१ जनामा संक्रमण भएको हो । १ जनाको भने अन्य जिल्लाबाट परिक्षण गरिएको कार्यालयले जनाएको छ।
हालसम्म जिल्लमा ९९४ जना पुरुष र ९९८ जना महिला गरी १ हजार ९९२ जना संक्रमित भएका छन् ।
संक्रमित मध्ये नीलकण्ठ नगरपालिकामा १ हजार ७३१ जना, ज्वालामुखी गाउँपालिकामा ५९ जना, बेनीघाट रोराङ ४७, सिद्धलेकमा ४३, त्रिपुरासुन्दरीमा २८, गंगाजमुनामा १८, खनियाबासमा १५, रुवीभ्यालीमा १२, गजुरीमा १२, नेत्रावती डबजोङमा १०, गल्छीमा ५ र धुनीबेशी नगरपालिकामा २ जना रहेका छन् ।
८ जनाको भने अन्य जिल्लाबाट परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |