धादिङ,१ भदौ ।
धादिङ अस्पतालले आजदेखी ७९ वटा बेडको शुल्क नलिने भएको छ । अस्पतालमा भर्ना भएर बस्नुपर्ने विरामीको लागि आवश्यक पर्ने बेड मध्ये ७९ वटा बेडको पैसा नलिने अस्पताल प्रशासनले जानकारी दिएको छ ।आइसीयुको ५ वेड, एनआइसीयुको ५ बेड र क्याबिन १ वेड बाहेक अरु ७९ वटा बेड आज देखि निःशुल्क गरीएको हो ।बागमती प्रदेशले प्रदेशको १३ अस्पतालका आठ सय शैया निःशुल्क गर्ने कार्यक्रम अनुसार धादिङ अस्पतालले पनि ७९ वेड निःशुल्क गरेको हो । धादिङ अस्पतालको स्वीकृत बेड ५० भएपनि ९० बेडमा संचालन गरेर सेवा दिईरहेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: dhadingsanchar@gmail.com
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |