धादिङ,३० साउन ।
धादिङका थप ७३ जनालाई डेंगु संक्रमण भएको छ । आज मंगलबार नीलकण्ठ नगरपालिकाका ६३ जना, सिद्धलेक गाउँपालिकाका ४ जना, ज्वालामुखी र त्रिपुरासुन्दरीका २÷२ जना, गंगाजमुना र खनियावासमा १/१ जना गरी ७३ जनामा डेंगु संक्रमण भएको स्वास्थ्य कार्यलय धादिङले जनाएको छ ।
धादिङमा हालसम्म १ हजार ६०५ जना डेंगु संक्रमित भइसकेका छन् । जसमा ८११ जना पुरुष र ७९४ जना महिला रहेका छन् । कुल संक्रमित मध्ये नीलकण्ठ नगरपालिकाका मात्रै १ हजार ४ सय जना डेंगु संक्रमित भएका छन् ।
त्यसैगरी ज्वालामुखी गाउँपालिकामा ५१, बेनीघाट रोराङ ३२, सिद्धलेकमा ३१, त्रिपुरासुन्दरीमा २६, गंगाजमुनामा १७, खनियाबासमा १४, रुवीभ्यालीमा ११, नेत्रावती डबजोङमा ८, गल्छी, गजुरीमा ५ र धुनीबेशी नगरपालिकामा १ जना संक्रमित भएका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |