धादिङ,१८ साउन ।
कलेजोको क्यान्सर रोगको उपचार गराईरहनुभएका नारायण कुमार श्रेष्ठको उपचारको लागि आर्थिक सहयोग हस्तान्तरण गरीएको छ ।नेपाल रेडक्रस सोसाईटी युवा रेडक्रस सर्कल नीलकण्ठ माध्यमिक विद्यालयको पहलमा संकलन भएको रु.२९,२८५ रुपैँया नीज नारायण कुमार श्रेष्ठको छोरी सदिना श्रेष्ठलाई हस्तान्तरण गरीएको शिक्षक नायक राजेन्द्र राना मगरले जानकारी दिनुभयो।शिक्षक,विद्यार्थीहरुले संकलन गरेको पैसा हस्तान्तरण गरिएको हो।
धुवाँकोटको अम्बोटे निवासी नारायण कुमार श्रेष्ठको हाल ललितपुरमा रहेको हरिसिद्धी क्यान्सर अस्पतालमा उपचार भईरहेको छ।उपचारको लागि ५० लाख भन्दा बढी लाग्ने उपचारमा संलग्न डाक्टरहरुले बताएका छन्।आर्थिक अभावको कारणले उपचारमा समस्या परीरहेको नारायण कुमार श्रेष्ठ बचाउ अभियानका सदस्य शिव श्रेष्ठले जानकारी दिनुभयो ।श्रेष्ठको उपचारमा सहयोग पुर्याउने उदेश्यले नारायण कुमार श्रेष्ठ बचाउ अभियाननै सन्चालन गरेर आर्थिक संकलन गर्ने कार्य भईरहेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |