काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले राष्ट्रको व्यवसायिक क्षेत्रमा भएको असहज परिस्थितिलाई मध्यनजर गर्दै ऋणीलाई ब्याज छुट दिने निर्णय गरेको छ ।
बैंकले २०८० असार १ गतेदेखि ३१ गतेसम्म सबै प्रकारको कर्जाको ब्याज भुक्तानी गर्दा भुक्तानी गरिएको रकमको ५ प्रतिशत रकम सम्पूर्ण ऋणीहरुलाई छुट दिने निर्णय गरेको हो ।बैंकका अनुसार ब्याज जुनसुकै प्रकारको कर्जाको वर्गीकरण (असल, सुक्ष्म निगरानी, कमशल, शंकास्पद, खराब, जतिसुकै अवधिको ओभरड्यु, नर्मल) तथा पेनल भुक्तानीमा समेत छुट प्रदान गरिनेछ ।ब्याज छुट रकम सम्बन्धित ऋणीको खातामा फिर्तारजम्मा गरिनेछ । बैंक यो अवसरको लाभ लिन बैंकले सम्बन्धित सम्पूर्ण ऋणिहरुलाई अनुरोध गरेको छ ।बैंकले हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाम सहित २७२ वटा शाखा कार्यालय, ५४ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा प्रदान गरिरहेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |