यस वर्षबाट सुरु भएको ‘मिस मगर इन्टरनेशनल २०२३’ प्रतिमा आलेमगरले घोषित हुनुभएको छ । यहाँ शनिबार साँझ आयोजित अन्तिम प्रस्तिस्पर्धामा १२ जनालाई पछि पार्दै उहाँले नगद रु चार लाख पुरस्कारसमेत प्राप्त गर्नुभयो । कार्यक्रमको निर्णायकमध्येकी एक माल्भिका सुब्बाले सामाजिक सञ्जालको तर्फबाट तपाईँले मगर संस्कृतिलाई कसरी प्रचार गर्नुहुन्छ रु भनेर सोधिएको प्रश्नमा सटिक उत्तर दिएसँगै मगर विजेता घोषित हुनुभएको थियो ।
विजेता बनेसँगै मगरले सपनाको एउटा खुड्किलो उक्लिएको बताउनुभयो । “पहिलो सिजनमै विजेता बने, दायित्व पनि महसुस भएको छ । संस्कृतिको प्रवर्द्धनमा मेरो भूमिका हुनेछ”, उहाँले भन्नुभयो । यस्तै अन्तिम प्रतिस्पर्धामा स्मृति ठाडामगर उपविजेता र क्लिया थापामगर दोस्रो बन्नुभयो । उहाँहरूले क्रमशः रु दुई लाख र एक लाखसमेत प्राप्त गर्नुभयो ।
कार्यक्रममा सुब्बासँगै अभिनेत्री मिरुना मगर, अभिनेता अनुपविक्रम शाही, मोडल रिना थापामगर, हिमाल राना, सङ्जोग लाफामगर, अलिगिभा पुनमगर र रुद्र सिरिजमगरले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |