धादिङ । देशभरका ७ सय ५३ स्थानिय तह मध्ये धादिङको बेनिघाट रोराङ गाउँपालिकाले पहिलो पटक पालिका स्तरीय पोषण सुधार केन्द्रको स्थापना गरिएको छ । सोमबार बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ७ चरौदीमा एक कार्यक्रमको आयोजना गरि बागमती प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष प्रा. नरविक्रम थापाले पोषण सुधार केन्द्रको समुद्घाटन गर्नुभएको हो ।
अस्पतालहरुबाट यो सेवा आंशिक रुपमा पाए पनि स्थानीय सरकार आफैले संचालनमा ल्याएको यो पहिलो पटक हो । स्थापना भएको पोषण केन्द्र बाट न्यून पोषणको रोकथाम, स्तनपानलाई सघाउने, शिशुलाई अतिरिक्त खाना एवं सूक्ष्म पोषण उपलब्ध गराउने काम हुनेछ । पोष्णकेन्द्र सञ्चालनमा आए सँगै एक पटकमा १० देखि २० कुपोषित बालबालिका र बुबा आमामध्ये एक जना राखेर ६० दिन पोषणयुक्त खाना खुवाउन र दक्ष चिकित्सकले स्वास्थ्य परीक्षण गर्न सकिने छ ।
बेनीघाट रोराङ गाउँपालिकामा पाँच ५ मुनिका २ हजार ८ सय बालबालिका छन् । तीमध्ये करिब ५० जना अति कुपोषित, ७५ जना मध्यम कुपोषित र २ सय ५० जना सामान्य कुपोषित रहेको गाउँपालिकाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |