विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त निजी आवासमध्ये ८८ प्रतिशतको पुनःनिर्माण सम्पन्न भएको छ ।
सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा विसं २०७९ फागुनसम्म आठ लाख ३२ हजार पाँच सय ८५ लाभग्राही छनोट भएकामा ८८ प्रतिशतले घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता लिएको उल्लेख छ । लाभग्राहीमध्ये ९५ प्रतिशतले दोस्रो किस्ता लिएका छन् । पहिलो किस्ता भने शतप्रतिशत लाभग्राहीले लिएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।
भूकम्पले भत्किएका पाँच सय सरकारी तथा सार्वजनिक भवनमध्ये चार सय आठको पुनःनिर्माण सम्पन्न भएको छ । आठ वर्षअघिको भूकम्पले भत्किएका एक हजार एक सय ३६ स्वास्थ्य संस्थामध्ये आठ सय ९१ को पुनःनिर्माण सम्पन्न भएको जनाइएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |