नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र प्रसाद पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा राष्ट्रिय गौरवका योजना अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।
मंगलवार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै सांसद पाण्डेले राष्ट्रिय गौरवका योजना अघि बढाउनुपर्ने धारणा राख्न्ुभएको हो । उहाँले जस्तोसुकै कठिन घडीमा पनि राष्ट्रिय गौरवका योजना अघि बढाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।
उहाँले निजगढ अन्तरराष्ट्रिय विमानस्थल र बूढीगण्डकी आयोजना निर्माणलाई विशेष जोड दिनुभयो। त्यसैगरी काठमाडौँ हुँदै धार्के, मुग्लिन पारी भएर गैंडाकोटसम्म जाने सडक निर्माण गर्नुपर्ने र त्यसका लागि बजेट विनियोजन गर्नुपर्ने उहाँले बतानुभयो।
निजगढ अन्तरराष्ट्रिय विमानस्थल, १२ सय मेगावाट उत्पादन हुनसक्ने जलाशययुक्त बूढीगण्डकी आयोजना जस्ता आयोजनालाई आगामी आवको बजेटमा समावेश गर्नु जरुरी छ।
बूढीगण्डकीका लागि त राज्यले १ खर्बभन्दा बढी रकम संकलन गरिसकेको छ। राजधानी प्रवेश गर्ने नाका नागढुंगा नाका काठमाडौंको सीतापाइलाबाट धार्के निस्कने सडकलाई समानान्तर सडकको रूपमा पारीपारी हुँदै मुग्लिन पारी भएर गैडाकोटसम्म लैजाने सडक निर्माणको नयाँ खाका कोर्नुपर्ने बताउनुभयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |