धादिङ,०७ जेठ ।
राष्ट्रिय स्वतन्त्र पार्टी नीलकण्ठ नगरपालिका वडा नं १४ को वडा भेला सम्पन्न भएको छ । शुक्रबार सम्पन्न भएको भेलाले सम्तोष ओस्तीको सभापतित्वमा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
नव गठित समितिको उप सभापतिमा यम बहादुर तामाङ, सचिवमा सुजन श्रेष्ठ, सदस्यहरुमा कुल प्रसाद घिमिरे, सुर्य बहादुर दाहाल, भगवती लामिछाने, प्रेम भट्ट, विनोद श्रेष्ठ, उत्तरा घिमिरे र रविना सुनार रहेका छन्। एक जना सदस्य भने पछि चयन गर्ने सभापति सन्तोष ओस्तीले बताउनुभयो । त्यसैगरी सल्लाकारमा मिनानाथ खतिवडा, खड्ग बहादुर नेपाल, ज्ञनु लामिछाने रहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी नीलकण्ठ नगरपालिका नगर सभापति भीम अछामीको अध्यक्षतामा भएको भेलामा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोल प्रसाद अर्याल (डि.पी) को प्रमुख आतिथ्यता रहेको थियो भने बागतमी प्रदेशका सभापति डा.अच्युतम लामिछानेको विषेश आतिथ्यता रहेको थियो।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |