सरकारले भूकम्पपीडितहरुलाई अस्थायी आवास निर्माणका लागि रकम प्रदान गर्ने भएको छ । विसं २०७८ जेठ महिना यतादेखिका भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि रु ५० हजार अनुदान उपलब्ध गराइने भएको छ ।
भूकम्पबाट घरबारविहीन भएपछि अहिलेसम्म अधिकांश पीडितको पालमुनिको बास भएको गुनासो बढेपछि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १७औँ बैठकले सो निर्णय गरेको हो।
विसं २०७८ र २०७९ मा गएका भूकम्पबाट घर पूर्ण रुपमा क्षतिग्रस्त भएका प्रभावित परिवारलाई दुई किस्तामा उक्त अनुदानको रकम दिने निर्णय गरिएको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले जनाएको छ ।
विसं २०७८ जेठमा लमजुङ, २०७८ साउनमा खोटाङ, २०७९ माघमा बाजुरा तथा २०७९ कात्तिकमा डोटी केन्द्रविन्दु भएर गएका भूकम्पबाट लमजुङ, खोटाङ, अछाम, बाजुरा, बझाङ, डडेल्धुरा तथा डोटीका पाँच हजार आठ सय ८० घर पूर्ण रुपमा क्षतिग्रस्त भएका नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |