धादिङ । धादिङ जिल्लाको नेत्रावती डवजोङ गाउपालिका वडा न ३ को गैरामा काठको ठेकी बनाउने तालिम सम्पन्न भएको छ । स्थानिय तथा परम्परागत पेशालाई संरक्षण गर्न र पेशालाई थप ब्यवसायीक बनाउन सहयोग पु¥याउर्ने उदेश्यले गाउपालिका द्धारा ठेकी बनाउने तालिमको आयोजना गरिएको हो ।
बैशाख १० गते देखि संचालन भएको तालिममा वडा न ३ का १५ जना स्थानियहरुको उपस्थिति रहेको थियो । तालिमले आफुहरुको जीविकोपार्जनमा थप टेवा पुग्ने भन्दै सहभागी स्थानियहरु खुसी भएका थिए । तालिमको समापन समारोहमा बोल्दै गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेराम शाहले स्थानियहरुको मागकै आधारमा तालिम आयोजना गरिएको र सिकेका कामलाई निरन्तरता दिई ठेकीहरुको उत्पादनमा ब्यापकता ल्याएमा बजार प्रवर्धनको निमित्त समेत गाउपालिका प्रतिवद्ध रहेको बताउनु भएको छ ।
सोहि समापन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा गाउपालिकाका अध्यक्ष मेघनाथ रिजालले आफुहरुले बजेट निर्माण गर्ने क्रममा लोप हुदै गएका धारा,कुवा, चौतारा,ढिकी,जातो,ठेकी जस्ता कुराहरुलाई भावी पुस्ताले देख्न नपाउने होकी भनी संरक्षण गर्ने उदेश्यले परापुर्व काल देखि नै ठेकी बनाउने ठाउँको नाममा परिचित सेमजोङको गैरामा परम्परागत पेशालाई संरक्षण गर्न ठेकी बनाउने तालिमको आयोजना बताउनु भएको छ । उहाँले यस किसिमको तालिमले सिप हस्तान्तरण भई जीविको पार्जनमा टेवा पुग्ने बताउनु भएको छ ।
उहाँले आगामी दिनमा यस किसिमको जनतालाई जीविको पार्जनमा टेवा पुग्ने खालका तालिम तथा आवश्यक सामाग्रीहरु हस्तान्तरण गर्दै जाने बताउनु भएको छ । नेत्रावती डवजोङ गाउपालिका वडा न ३ का वडा अध्यक्ष शुरेस वाईवाको अध्यक्षतामा भएको कार्यक्रममा गाउपालिकाका सुचना अधिकारी तथा स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर पौडेल,इन्जिनियर नवराज काफ्ले,पशु शाखाका कर्मचारी अर्जुन प्रसाद खतिवडा लगाएतको आतिथ्यता रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: dhadingsanchar@gmail.com
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |