नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने भएको छ । रुपन्देही जिल्लासँग सीमा जोडिएको नेपाल–भारत बेलहिया सहितका सीमा नाका आज बेलुकादेखि बन्द हुने भएका छन् । भारतको उत्तर प्रदेश महरागञ्जमा २१ गते बिहीबार हुने निर्वाचनलाई लक्ष्य गरी नेपाल–भारत सीमानाका ४८ घन्टा अगाडिदेखि बन्द गर्न लागिएको हो ।
महराजगञ्ज जिल्लाको नगर निकाय निर्वाचन ९स्थानीय निर्वाचन०लाई दृष्टिगत गर्दै रुपन्देहीको बेलहियासहितको नाका मङ्गलबार साँझ ६ बजेदेखि बन्द गरिने जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
निर्वाचनमा सुरक्षा संवेदनशीलताको कारणले गर्दा दुवै देशका सुरक्षा निकायको समन्वय तथा सहमतिमा नाका बन्द गर्न लागिएको हो । चुनावलाई लक्ष्य गरी मतदान समाप्त नभएसम्म बिहीबार बेलुका ६ बजेसम्म सीमानाका बन्द गरिने सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी रामचन्द्र अर्यालले जानकारी दिनुभयो ।
सीमा बन्द भए पनि अत्यावश्यक कामका लागि आपसी सहमतिमा नाका खुल्ला गर्न सकिने जनाइएको छ । पेट्रोलियम पदार्थ, एम्बुलेन्स, शववाहन, दूध, हरियो तरकारी, भारत हुँदै तेस्रो मुलुकबाट आउने पर्यटकबाहेक अन्यको हकमा आवतजावत बन्द रहने उक्त विज्ञप्तिमा उल्लेख छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |