धादिङ,१४ बैशाख
गंगाजमुना गाउँपालिकाका शिक्षकहरुलाई क्ष्ऋत् सम्बन्धि ७ दिने तालिम सम्पन्न भएको छ।गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा गत बुधबारदेखि सुरु भएको तालिम मंगलबार सम्पन्न भएको हो। गाउँपालिकाले शिक्षा क्षेत्रमा प्रविधीको उच्चतम प्रयोग गर्दै गुणस्तरीय शिक्षा दिने उद्देश्यले शिक्षकहरुलाई ७ दिने सूचना प्रविधि सम्बन्धी तालिम प्रदान गरेको गाउँपालिकाका कम्प्युटर अपरेटर विनोद श्रेष्ठले जानकारी दिनुभयो।
तालिममा गाउँपालिका भित्रका ७ वटै वडाका ३५ जना शिक्षकहरुको सहभागिता रहेको थियो।उक्त तालिममा गाउँपालिकाका सूचना प्रविधि अधिकृत हेमन्त ढकाल, कम्प्युटर अपरेटर विनोद श्रेष्ठ र हिलेपोखरी माध्यमिक विद्यालयका प्रध्यानाध्यापक कृष्ण राना मगरले प्रशिक्षण गर्नु भएको थियो।तालिम समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भक्त बहादुर लामा, उपाध्यक्ष रामेश्वर सिंखडा,प्रमुख प्रशासकिय अधिकृत अनिल श्रेष्ठ,शिक्षा अधिकृत मान बहादुर बोहोरा लगायत विभिन्न विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |