धादिङ,५ बैशाख
नेकपा एमाले धादिङको मिसन ग्रासरुट अभियान अन्तर्गत नीलकण्ठ नगरकमिटिको नगर स्तरीय समिक्षा बैठक मंगलबार सम्पन्न भएको छ । अभियानले पार्टीलाई सुदृढ बनाउन प्रभावकारी भुमिका खेलेको बैठकले निष्कर्ष निकालेको छ ।नेकपा एमाले केन्द्रिय कमिटी सदस्य कैलाश ढुंङ्गेलको प्रमुख आतिथ्यतामा मंगलबार सप्पन्न भएको कार्यक्रममा फागुन १० गतेदेखि शुरु भएको दुई महिने मिसन ग्रासरुट अभियानको निलकण्ठ नगरपालिका भित्रको १४ वटै वडामा भएको गतिविधिको समिक्षा गरिएको छ ।
निलकण्ठ नगरपालिकाको १४ वटै वडामा वडा भेलाहरु गरिएको,टोलि टोलमा टोल कमिटी गठन गरिएको , किसान , युवा ,महिला , विद्यार्थी ,जनजाती लगायतका जनवर्गीय संगठनहरु निर्माण गरिएको प्रतिवेदन वडा कमिटीका अध्यक्षहरुले पेश गर्नुभएको थियो । ।नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य नरेश खतिवडाले मिसन ग्रासरुट अभियानमा निलकण्ठको १४ वटै वडामा पुग्दा कार्यकर्ताहरुले निर्वाचनको समय बाहेक नेता कहिल्यै गाउँ नफर्किने गुनासो गरेकोमा यस पटक केन्द्रीय नेता घर घरमा भेट्न पाएर खुशी प्रकट गरेको बताउनुभयो ।
कार्यक्रममा बोल्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय कमिटी सदस्य कैलाश ढुंङ्गेलले अहिलेको दुई महिने मिसन ग्रासरुट अभियानले नेकपा एमालेको तल्लोतहमा रहेको समस्या र गुनासा पहिचान गर्न मद्दत गरेको बताउनुभयो । कार्यक्रम निलकण्ठ नगर कमिटीका अध्यक्ष हरि बहादुर श्रेष्ठको अध्यक्षतामा भएको नगर कमिटीका सचिव बेग बहादुर सुनारले जानकारी दिनुभयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |