आज काठमाडौं विश्वकै प्रदूषित शहरको पहिलो स्थानमा परेको छ । हावाको प्रदुषण मापन गर्ने सूचक आइक्यु एयरले काठमाडौँलाई संसारकै प्रदुषित शहरको सूचीको पहिलो स्थानमा राखेको हो । आइक्यु एयरका अनुसार अहिले काठमार्डौको प्रदुषणको स्तर १ सय ७२ पुगेको छ ।
प्रदुषित सहरको सूचीमा पहिलो नम्बरमै पुगेपछि विज्ञले सावधानी अपनाउन आग्रह गरेका छन् । पछिल्लो समय वनमा लागेको डढेलो, भारतको उत्तरप्रदेशमा बालिएको गहुँको भुसको धुवाँको असर काठमाडौंसहित नेपालका विभिन्न शहरहरुमा देखा परेकाले वायु प्रदुषण बढेको विज्ञको भनाइ छ ।
आजदेखि नै पश्चिमी वायु नेपालमा प्रवेश गर्ने भए पनि प्रदूषण हट्न भने अझै केही दिन लाग्ने सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाको भनाइ छ । विश्व स्वास्थ्य सङ्गठनले तोकेकोभन्दा २२ गुणा बढी प्रदुषण काठमाडौंको हावामा देखिएको छ ।
जनस्वास्थ्य विज्ञहरूले भने वायु प्रदूषणका कारण स्वाथ्यमा विभिन्न समस्या देखापर्ने भन्दै आवश्यक सावधानी अपनाउनुपर्ने सुझाव दिएका छन् । वायु प्रदुषण बढीरहेकाले घरबाहिर सकेसम्म ननिस्किन र निस्कनै पर्ने भएमा मास्कको अनिवार्य प्रयोग गर्न जनस्वास्थ्य विज्ञको सुझाव छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |