शिशिर ऋृतुको मेरो प्यारो शुक्रबारको दिन । मेरो यात्रामा बा–आमा,छोरा–छोरी, श्रीमती र अन्य परिवारको सदस्यसँग भन्दा उनीसँगको माया कम छैन होला। उनीलाइ नसम्झेको कुनै दिन हुदैनथ्यो । उनी प्रत्येक रात सपनीमा आउथी र रमाइलो यात्रा गर्थिन्। भर्खर पिजडाबाट मुक्त चरी आकाशमा उडिरहेजस्तै म यात्रामा हुन्थ्थे । विद्यालयमा चारबजे छुट्टीको घण्टी बज्यो । फेरी म यात्रामा अघि बढे ।
मनमनै सोचेँ –म जस्ता शिशिपसहरु यात्रामा तल्लीन हुन्छन् । उनीहरु एकपछि अर्को सफलताको चुचुरो चुम्न खोज्छन् । बल्लतल्ल एउटा चुचुरोमा पुगेर सास फेर्छन्, फेरी अर्को चुचुरो देख्छन् । फेरी त्यो चुचरोमा पुग्छन्,त्यहाँबाट अर्को नयाँ चुचुरो देख्छन् । एवं रितले चुचुरो चुम्ने यात्रामा कहिले सफल हुन्छन् त कहिले असफल । अतः असफल भयो भनेर चिन्तित हुने र यात्रा रोक्ने काम कहिल्यै गर्नुहुँदैन । यात्रा निरन्तर अगाडी बढाईरहनुपर्छ । जस्तोसुकै परिस्थिति आएतापनि सामना गरेर अघि बढ्नु नै हाम्रो कर्तव्य हुन आउँछ । एकनाशले सबै मानिस सधैँ सफल हुन सक्दैन । क्षणिक सफलताले केही खुशी प्राप्त भएपनि एकनाशले जीवनको यात्रामा समय सबैभन्दा बलवान हो । यात्रामा घाउ लगाउने र त्यस घाउमा खाटा बसाउने पनि समय नै हो । समय अनुकुल भएमा सबै कुराले यात्रा पनि अनुकुल र समय प्रतिकुल भएमा यात्रा पनि प्रतिकुल हुन्छ । जस्तोसुकै परिस्थितिमा पनि खुशी र सन्तुष्ट मान्न सक्ने व्यक्तिहरुले नै यात्रालाई उपलब्धीमूलक बनाउन सक्छन् ।
विहान सबेरै उठेर केही समय अध्यान गर्ने,विद्यालय जाने,विद्यालयको कलिला सहयात्री बालबालिकालाइ अध्यापन गराउने, उनीहरुसँग हाँसखेल गर्दै दिन विताउने गर्थे । बेलुका खानापश्चात दिमागभरी अतितका पानाहरुपल्टाउने र खुशीमा रम्न खोज्ने मेरो दिनचर्या थियो । सार्वजनिक बिदाका दिनहरु त मेरा लागि चाडपर्वनै हुन्थे । मनमा इमान्दारी,काँधमा जिम्मेवारी र दिमागमा समझदारी लिएर अघि बठ्ने व्यक्ति भएको हुँदा विद्यालय समय दसदेखि चार बजेसम्ममा समयको कहिल्यै भ«ष्टाचारगरिन । ठूूलो कक्षामा पढाएका अनुभवहरुलाइ मैले साना कक्षाहरुमा प्रयोग गर्न सकिन तरपनि कलिला बालबालिकालाइ जतिसक्दो ज्ञानको बीउँ रोप्ने कार्यमा तल्लिन हुन्थे ।
मेरो यात्रा रक्तसञ्चार प्रणाली जस्तै चलायमान छ । कहिले छिटो र कहिले ढिलो भएमा हाम्रो अस्तित्व नरहन सक्छ । त्यसैगरी मेरो यात्रा पनि निरन्तर र स्वाभाविक प्रकारको छ । नत्र एक्कासी मानवजीवनमा उथल–पुथल भएमा रक्त सञ्चार प्रणालीमा आएको परिवर्तनले गर्ने असर जस्तै हुन्थ्योहोला ।
शुक्रबार आउने वित्तिकै विद्यालयका स्टाफ साथीहरु जिस्क्याउथे । आज पनि बिहान विद्यालयमा पुग्नेवित्तिकै प्रधानाध्यापकले जिस्किदै भन्नुभएको थियो –“सर !आज कुन दिन हो?म मुसुक्क मुस्कुराएँ मात्र । मेरो मिल्ने साथी आगमनले भन्नुभयो–“आज त कोही कोही कति खुशी छन् है ?”मैले त्यसको उत्तर दिन नभ्याउदै अर्को मिसले भन्नुभयो –“आज र भोलीसरको रात कसरी बित्छ होला है ?”श्रीमतीसँग बित्छ रमाइलोसँग भन्ने मन थियो तर सकिन । स्टाफ साथीहरुले यस्तै नानाथरीका कुराहरु भन्दै रमाइलो वातावरण सिर्जना गर्नुहुन्थ्यो । जीवन यात्रा हो भनेर बुझ्न नसकेको म पिडामा जल्थे ।
आज मलाइ हल्का ज्ञान भयो कि जीवनलाइ अगाडी बढाउने क्रममा उकाली ओरालीहरु आउँछन् । ती उकाली ओरालीहरुमा होसियारी साथ यात्रा गर्नुपर्छ ।मेरो यात्राको क्रममा धेरै व्यक्तिहरु भेटिए । कोहीले यात्रामा सहयोग गरे । उनीहरु आँखामा हाले पनि नबिझाउने भए ,सँगसँगै यात्रा गरिरहुँजस्तो लाग्यो । कोही बाटोभरी काँडाहरु छर्न तल्लीन भए । बाटोमा काँडा टेकेर एैया… भन्दा हाँस्नेहरु पनि धेरै भए । तैपनि यात्रा निरन्तर गरेँ । नत दिनको थाहा छ न त रातको थाहा छ, कहाँ सम्मको लक्ष्य हो, त्यो पनि थाहा छैन । निरन्तर अगाडी बढ्नुको विकल्प छैन ।
करिब एक घण्टाको डरलाग्दो जंगल र भीरको बाटो पार गर्दै म बाइक राखेको ठाउँसम्म पुगे । बाइक स्टार्ट गर्दा लाग्यो कि म घरमा पुगिसकँे । घरमा भएका सेतै कपाल फुलेका,कन्चट धसिएका,शरिर कुप्रो भएका दमका रोगी मेरो बा–आमा ,जीवन संगिनी ,छोराछोरी,प्रेरणाका स्रोत अन्य परिवारजनहरुलाइ सम्झदै अगाडि बढिइरहँे । कहालिलाग्दो शिशिरलाइ विर्सदै बशन्त क्रतुको सपनामा अघि बढे । कति रमाइलो थियो ,त्यो बाइकको यात्रा ! तर दुर्भाग्य ! चारघण्टापछि ठिक रातीको नौ बजे बाइकमा समस्य देखियो । बाइक स्टार्ट भएन । कहाँ समस्य थियो ,मलाई ज्ञान भएन । नजिकैतीर आँखा नचाएँ । घरहरु कतै थिएनन् । त… ल लिखु नदी छङछङ गर्दै निरन्तर बगिरहेकी थिइ ।चुक घोप्टयाएको जस्तो अध्यारी रातमा मेरो सहयात्री बाइककोे आँखा गुम्नु मेरै आँखा गुम्नु जस्तै भयो । उसँगको साथ टुट्यो । दश मिनेट अघि खेतको बीचमा एउटा गोठमा बत्ती बलेको देखेको थिएँ । सोही गोठमा फर्कने योजना बनाएँ तर बाइक?बाइक कहाँ राख्ने?मनमा धेरैे कुराहरले घर गरे । मनलाइ खुशीबनाउन डा. योगी विकाशनान्दको उद्गार सम्झन पुगे –“जीवन यात्रा हो,त्यसैले त ठेस लाग्छ तर ठेसमा नै रमाईदिए कसको के लाग्छ ?”बाइकलाइ आधाघण्टा डो–याएपछि म गोठ नजिकै पुगे ।बाइकलाइ कच्चीरोडकै छेउमा डबल लक गरें । सरासर गोठमा छिरेंतर त्यहाँ कोही मानिसपनि थिएनन् । जनावरहरु पनि थिएनन् । मात्र थियो, परालको थुप्रो ।
डरको पुरी म। हठात् मेरो शरीरडरमुक्त भयो । शरीरमा शक्तिपैदा भयो । खै कसले दिएको हो ? जब समस्य हुन्छ , समाधान पनि हुदोरहेछ । घरमा फोन गरे ।श्रीमतीले फोन उठाईन । बाटोमा बारम्बार फोन भइराखेकोले छोटकरीमा भने–“बाइकमा समस्या आयो । नजिकै ग्यारेज पनि छैन । आज आउन सम्भव भएन ।बाइक बनाएर भोली सबेरै आउँछु । ”
“कहाँ बस्नुहुन्छ, घर छ त वरिपरि ? ”
“छ,बाटो नजिकैको घरमा बसेको छु ।”
परालको थुप्रोमा सुतेर सोचमग्न भएँ । थकाइले लखतरान म झकाउन पुगेछु । त्यसपछि मैले मेरो गुरुलाइ पाएँ । उहाँले भन्नु भयो–
“बाबु ! जीवन यात्रा हो । जबसम्म हाम्रो सामु मृत्यु आइपुग्दैन,यो जारी रहिरहन्छ । जसरी छायाले हामीलाई छोड्दैन, त्यसैगरी यात्राले हामीलाई कहिल्यै छोड्दैन । यात्रा हिजो पनि थियो, आज पनि भइरहेको छ र भोली पनि रहिरहन्छ । यात्राको क्रममा प्राणीहरु मध्ये मानिसले साथ चाहन्छन् । बौद्धिक प्राणी हुनाले सहयोगको अपेक्षा राखेका हुन्छन् । आत्मीयताको अनुभुति गर्ने मौका पर्खन्छन् । आत्मीयता मानिसले मानिससँग बढाउनुपर्ने हो तर यसको सट्टा मानिसहरु कुकुरजस्ता प्राणीसँग आत्मीयता बढाएको पाइन्छ । मानिससँगको आत्मीयता भने छोड्दै गएको पाइन्छ । आफ्नो इष्टमित्रहरु, आफन्तजनहरु, अपरिचित अनुहारहरु परिचय हुनुपूर्व शत्रु जस्तै तर परिचय पाउने वित्तिकै मित्रुबन्न पुग्छन् । फेरी घनिष्ट मित्रता पश्चात् शत्रुतामा परिणत भइहाल्छन् । यो मानिसको स्वाभाव हो ।”
“अवश्य गुरु ।” म मुस्कुराएँ मात्र ।
फेरी भन्नुभयो –“ हेर बाबु ! प्रकृतिको नियम पनि अचम्म ! जहाँ पनि द्धन्द र प्रतिस्पर्धा भइरहन्छ । यात्राको क्रममा पनि प्रायःसबै ठाउँमा यो हुन्छ । मानिस स्वार्थी प्राणी हुनाले स्वार्थलाई सर्वेसर्वा ठान्छन् । नियमहरु मान्न आवश्यक ठान्दैनन् । नियम कहिल्यै मान्दैनन् तर प्रकृतिले कहिल्यै पनि नियम छोडेको छैन । सूर्य, पृथ्वी, चन्द्रमा अन्य ग्रह, उपग्रहहरु, शिशुग्रहहरु, नदीनाला आदि आदि । सबैले आफ्नो काम बिर्सेका छैनन् । उनीहरु नियमअनुसार अघि बढिरहेका छन् । सूर्य, चन्द्रमा, पृथ्वी, चन्द्रमा, ग्रहहरु, उपग्रहहरु, शिशुग्रहहरु आफ्नो गतिमा घुमिरहेकै छन् । नदीनालाहरु आफ्नै गतिमा बगिरहेकै छन् तर मानिस यात्राको क्रममा नियममा रहन चाहदैनन् । किनकि ऊ स्वार्थी छ । कहिल्यै पनि नियम छोड्न नचाहने प्रकृतिलाई पनि नियम छोड्न बाध्य पार्न हरेक हत्कण्डाहरु अपनाइरहेका छन् । अनि कसरी बन्छ र हुन्छ पृथ्वीका मानिसहरुको उन्नती र प्रगति ?”
“बाबु ! विश्वमा प्रायः मानिसहरु बढी निरिह छन् । उनीहरु आफैले आफैलाई विश्वास गर्दैनन् । अनि उसले अरुलाई विश्वास गर्ने त कुरा नै भएन । अतः उनीहरु आकाशीय पिण्डहरु जस्तै एक्लै दौडिरहेका छन् । आफन्तहरुको भिडमा पनि एक्लै पाउँछन् । साथीहरुको भिडमा पनि एक्लै महशुस गर्छन्, मानिसहरुको भिडमा पनि एक्लै महशुस गछनर््, अपरिचितहरुको भिडमा यसै एक्लो महशुस गर्छन् ।”। म उहाँका जीवनका दर्शनहरु र उपदेशहरु मन्त्रमुग्ध भएरसुन्दै थिएँ ।
उहाँले थप्नुभयो –“यात्राको क्रममा दिन र रात आइरहन्छ । जीवन भनेको पनि यही चक्र हो । रातपछि दिन आउँछ । दिनपछि रात आउँछ । हामीले त्यसैलाई स्वीकार गरेर पर्खनुको विकल्प छैन । रात हुँदा दिनलाई मात्र सम्झने र दिन हुँदा रातमात्र सम्झने गर्नु मुर्खता हो । असजिलो र सजिलो, दुःख र सुख, मिठो र नमिठो, न्याय र अन्याय, फूल र काँडाको बीचमा एक आपसमा घनिष्ट सम्बन्ध हुन्छ । एकको अनुपस्थितिले अर्कोको अर्थ सम्भव छैन । दिनले रातलाई सम्झन्छ र बोलाउँछ । त्यस्तै सजिलोले असजिलोलाई परिभाषा दिइरहेको हुन्छ । दुःखले सुखको परिभाषा दिएको हुन्छ ।सबै अन्तर सम्बन्धित हुन्छन् । अनि मिठो मात्र सधैभरी सम्भव छैन । नमिठो पनि आवश्यक छ किनकि मिठोको जानकारी नमिठोले दिन्छ । जीवन गुलाफको फूलमात्र होइन, त्यसभित्रको काँडा पनि हो । काँडा छ र नै फूलको अस्तित्व रहेको छ ।”
“बाबु ! वास्तवमा यात्रामा धनीहरु पनि चिन्तित हुन्छन् । सबैचीजले सम्पन्न भए तापनि उनीहरु सन्तुष्ट हुँदैनन् । उनीहरु कसरी राम्रो र रोमान्टिक यात्रा गर्न सकिन्छ भन्ने कुरामा दिनरात चिन्तित हुन्छन् र ड्रग्स पनि प्रयोग गर्न पछि पर्दैनन् । अर्कोतर्फ गरिबहरु चिन्तित हुन्छन् । गरीबहरु यात्रा कसरी धानेर अघि बढ्न सकिएला भन्नेमा चिन्तित हुन्छन् र कठिनाईले आत्महत्या गर्न पनि पछि पर्दैनन् । तर जस्तो भएपनि यात्रा अघि बढाइरहनुपर्छ है ।”
म उहाँका वाणीहरुबाट पुलकित भएँ । माइत जान तयार भएकी स्त्री जस्तै म अत्याधिक रमाएको थिएँ । अचानक भुस्याहा कुकुरहरुले मेरो तन्द्रा ब्यूझाइदियो । घडी हेरे । बिहानको छ बजेको रहेछ । बाइक लिएर गोठमा आएका अपरिचित खेत धनीलाइ भेटेँ । उनलाई अघिसम्मका सबै घटनाहरु बताएँ । उनले मेरो बाइकमा आएको त्यो सामान्य समस्य हटाइदिए ।
“ धन्यबाद ” म मुस्कुराएँ ।
“बाबु ! जीवन यात्रा हो, खुशी बन ” । मुस्कुराउँदै उनी बोले ।
म बाइक स्टार्ट गरेर खुशी हुदै बशन्तको प्रतिक्षामा अगाडी बढ्नथाले । घर त टाढा धेरै टाढा थियोे ।
लेखक : शरण रेग्मी
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |