धादिङ,३० चैत्र ।
अपाङ्गता भएका व्यक्तिहरुको लागि आधारभुत उद्यमशिलता सम्बन्धि ३ दिने तालिम आजदेखि धादिङबेशीमा सुरु भएको छ । अपाङ्गता पुर्नस्थापना समाज नीलकण्ठ, धादिङको आयोजना र प्रदेश सरकार सामाजिक विकास मन्त्रालय बागमती प्रदेश, हेटौंडाको सहयोगमा तालिम सुरु भएको हो ।
सीप सिकाई उद्यमी र आत्मनिर्भर बनाउने तालिमको उदेश्यले रहेकोे अपाङ्गता पुनर्स्थापना समाज नीलकण्ठ, धादिङका अध्यक्ष एवम् कार्यक्रमका अध्यक्ष लक्ष्मण पण्डितले बताउनु भयो । सक्षम भएर बाँच्ने वातावरण सिर्जना गर्न, अपाङ्गता भएकाहरुको जिविको पार्जन गर्न सहज बनाउन र कसरी उद्यमशिलता बनाउने भन्ने जानकारी दिन तालिमको आयोजना गरिएको उहाँले बताउनु भयो ।
त्यस्तै राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेसका अध्यक्ष अश्विन लम्सालले अपाङ्गता भएका व्यक्तिहरुलाई १० ठाउँमा वर्गीकरण गरेको तर अवसरको क्षेत्रमा सबैलाई एकै ठाँउमा समेटेर लैजान आवश्यक रहेको बताउनुभयो ।
अपाङ्गता भएकाहरुको जीवन सहज बनाउन यो तालिमले ठूलो भुमिका खेल्ने उहाँको भनाइ छ । प्रदेश सरकारले बनाउने कानुनहरुमा अपाङ्गता भएका व्यक्तिहरुको सवालहरु समावेश गराउने प्रयत्न गरिरहेको र कार्यान्वयनमा सङ्गै रहेर लविङ गर्ने उहाँले बताउनुभयो ।
पालिकामा रहेको कार्यक्रमसँग तालिम लिएका व्यक्तिहरुलाई जोड्न सके प्रभावकारी बन्ने महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख निर्मला केशीले बताउनुभयो ।
तालिम लिएका व्यक्तिहरुले सीप सिकेपछि व्यवहारमा ल्याउने, उद्यमी र आत्मनिर्भर बन्न सके अन्य अपाङ्गता भएका व्यक्तिहरुलाई पनि प्रोत्साहन मिल्ने उहाँले बताउनुभयो ।
अपाङ्गता भएका व्यक्तिहरुको लागि संचालित ३ दिने आधारभुत उद्यमशिलता तालिमको श्याम मग्रातीले सहजीकरण गर्नुभएको छ । व्यवसाय, आयआर्जन, स्वरोजगार लगायतका विषयवस्तुमा जानकारी गराइने तालिममा २१ जनाको सहभागिता रहेका छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |