धादिङ,२९ चैत ।
उत्तरी धादिङको रुविभ्याली गाउँपालिका स्थित सेर्तुङमा मंगलबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।रुविभ्याली गाउँपालिकाको आयोजना र नीलकण्ठ एफएमको सहजिकरणमा पालिका स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो।
गाउँपालिकाबाट सञ्चालित विकास कार्यक्रम, उपलब्ध सेवा, वस्तु र सुविधा सार्वजनिक गरी सेवाग्राही नागरिकले उठाएका प्रश्नहरुमा प्रस्टता ल्याउन र नागरिकबाट प्राप्त रचनात्मक सुझावहरुलाई ग्रहण गर्दै जिम्मेवार संस्कार बसाई आम नागरिकको चासो सरोकार तथा विकास निर्माण योजना र समस्याको समाधान गर्ने उदेश्यले सार्वजनिक सुनुवाई कार्यक्रम कार्यक्रमको आयोजना गरीएको हो ।
गाउँपालिकाको अध्यक्ष रामसिंह तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष फेलामा तामाङको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नविन कुमार गोले,लेखा अधिकृत बाबुलाल नेगी, स्वास्थ शाखा प्रमुख राज तामाङ लगायत वडा न. १, २, र ३ का वडा अध्यक्षहरु पम्बर तामाङ, रुपा घले र फेदोर्जे तामाङ लगायतको आतिथ्य रहेको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका नागरिकहरुको सडकबाटो निर्माण, विधुत, खानेपानी, भवन निर्माण,स्वास्थ्य,कृषि,पर्यटन क्षेत्रमा देखिएको समस्या र आगामी बजेटमा समेट्नुपर्ने योजनाहरुको बारेमा प्रश राख्नु भएको थियो ।कार्यक्रममा सहभागीले उठाएका प्रश्नहरुको जवाफ दिदैँ गाउँपालिकाका अध्यक्ष रामसिं तामाङले पुर्वधार विकाससँगै पर्यटन र जडिबुटिलाई पहिलो प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजिकरण नीलकण्ठ एफ.एमका म्यानेजर रामकुमार थापाले गर्नु भएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |