धादिङ,२८ चैत्र ।
आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धादिङको पाचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । नीलकण्ठ नगरपालिकाले आयोजनामा मंगलबार धादिङबेशी स्थित आर.के होटलमा पाचौँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
आप्रवासी कामदार हकहित संरक्षण कार्यक्रममा संस्थाको वार्षिक प्रतिबेदन संस्थाका अध्यक्ष मायानाथ सिलवालले प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल सरकारको मापदण्डलाई पुरा गरेर मात्र बैदेशीक रोजगारमा जान र हरेक गाउँपालिकाका जनप्रतिनिधिहरुले आफ्नो स्थानिय तहका नागरिकहरु कति वैदेशीक रोजगारमा गएका छन् भनेर तथ्याङक संकलन गर्नु पर्ने लगायतको विषयमा छलफल भएको थियो।
त्यस्तै संस्थाले बैशाख १ गते देखी हरेक स्थानीय तहमा आप्रावसी कामदारको संरक्षण केन्द्र स्थापना गर्ने संस्थाका अध्यक्ष सिलवालले बताउनु भयो । उहाँले कार्य समितिमा भएको पदाधिकारीहरुलाई आ–आफ्नो स्थानिय तहमा बैदेशीक रोजगार सम्बन्धी के के काम भएको छ भनेर बुझन र युवाहरुलाई सिप सिकेर मात्र विदेश जान आग्रह गर्नु भएको छ ।
आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धादिङका अध्यक्ष मायानाथ सिलवालको अध्यक्षतामा भएको कार्याक्रममा साहयक प्रमुख जिल्ला अधिकारी रामहरि शर्माको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा सामी परियोजनाका कार्यक्रम संयोजक दिनेश दुवाडी, सामाजिक परिचालन अधिकृत सम्झना भण्डारी, संस्थाका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |