यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको पुँजीबजारमा आज दोस्रो दिन भने सामान्य अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक आज पाँच दशमलव ५४ अङ्कले बढेर एक हजार आठ सय ४४ दशमलव ०२ अङ्कमा कायम भएको हो ।
आज दुई सय ६१ वटा कम्पनीको २९ लाख ६० हजार आठ सय ६३ कित्ता शेयर ३५ हजार पाँच सय ४९ पटक खरिदबिक्री हुँदा रू ९१ करोड १९ लाख ७६ हजार बराबरको कारोबार भएको छ । आज वित्त समूह एक दशमलव ६३ अङ्कले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक ५३ दशमलव ५१ र निर्जीवन बीमा समूहको उपसूचक ३१ दशमलव ०६ अङ्कले बढेको छ ।
त्यस्तै, बैंकिङ समूह चार दशमलव १३, विकास बैंक समूह १८ दशमलव १५, जलविद्युत् समूह पाँच दशमलव ९६, लगानी समूह शून्य दशमलव ०९ र जीवन बीमा समूह १६ दशमलव १६ अंकले बढेको छ । नेप्सेका अनुसार आज उत्पादन तथा प्रशोधन समूह १४ दशमलव १४, लघुवित्त समूह छ दशमलव ६९, म्युचुअल फन्ड समूह शून्य दशमलव ०८, अन्य समूह शून्य दशमलव ५४ र व्यापार समूह २६ दशमलव ९२ अङ्कले बढेको छ ।
आज सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयर मूल्यमा सबैभन्दा धेरै गिरावट देखिनेमा भने ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा छ दशमलव ५४ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट लिमिटेडको सबैभन्दा धेरै रू छ करोड ८४ लाख १८ हजार छ सय ४३ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सानिमा मिडिल तमोरको दुई लाख छ हजार दुई सय ४७ कित्ता शेयर किनबेच भएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |