धादिङ,२६ चैत ।
धादिङबेसीदेखि रुविभ्यालीसम्मको बाटोलाई डबल लेनसहित स्तरउन्नती गराउने कामलाई पहिलो प्राथमिकतामा राखीने नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनु भएको छ ।रुविभ्यालीको सबैभन्दा चर्चित पर्यटकीय स्थल पाङ्साङ् पाससम्म सडक संजाल पु¥याउन सकिने र आफु त्यस क्षेत्रको विकासमा निरन्तर लागिरहने अध्यक्ष ओलीले बताउनु भएको छ ।
नेकपा एमालेको मिसन ग्रासरुट कार्यक्रम अन्तर्गत धादिङको उत्तरी क्षेत्रमा पर्ने पर्यटकीय स्थल रुविभ्यालीमा आयोजित जनसभा तथा सास्कृतिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ओलीले ५० वर्ष अगाडि जेलमा रहँदा नै रुविभ्यालीको बारेमा सुनेको स्मरण समेत गर्नु भयो । नेपाल र चिनसँग जोड्ने सिमा पनि रुविभ्यालीमै पर्ने भएकोले रुविभ्यालीको जनतालाई केरुङसम्म जाने, व्यवसाय संचालन गर्ने पासको व्यवस्था मिलाउन पहल गर्ने समेत उहाँले बताउनु भयो ।
गठबन्धनका कारण ध्वस्त भएको देशको अर्थतन्त्र नेकपा एमालेले मात्रै सुधार्न सकिने धारणा राख्नुभयो । एमालेको नेतृत्वमा सरकार रहँदा सम्म आर्थिक विकास उल्लेख्य रुपमा भइरहेको अवस्थामा गठबन्धनको नेतृत्वमा सरकार बनेपछि देशको अर्थतन्त्र संटकग्रस्थ बनेको आरोप लगाउनुभयो।
देशको अर्थतन्त्र धान्न नसक्ने अवस्थामा पुगिसकेको बताउँनु हुदै अध्यक्ष ओलीले रुविभ्याली जस्तो पर्यटकीय क्षेत्रहरुको विकास र प्रबद्र्धनमा ध्यान दिन सके आर्थिक अवस्थामा सुधार आउने बताउनु भएको छ ।धादिङको उत्तरी क्षेत्रमा पर्ने पर्यटकीय स्थल रुविभ्यालीमा आयोजित जनसभा तथा सास्कृतिक कार्यक्रमलाई सम्बोधन गर्न आइतबार हेलिकप्टर मार्फत पुगेका ओलीले रुविभ्यालीको पर्यटकीय स्थलहरुको पनि अवलोकन गर्नुभएको थियो।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |