धादिङ,२१ चैत
धादिङको ज्वालामुखी गाउँपालिकाले दलित विद्यार्थीहरुलाई छात्राबृत्ति वितरण गरेको छ।ज्वालामुखी गाउँपालिका भित्र प्राविधिक शिक्षा अध्ययनरत दलित विद्यार्थीहरुलाई मंगलबार एक कार्यक्रमकाबिच छात्राबृत्ति वितरण गरिएको हो ।
गाउँपालिका भित्र स्थायी बसोबास गर्ने ९ जना दलित विद्यार्थीहरुलाई छात्राबृत्ति वितरण गरीएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख देवकी सिंखडाले जानकारी दिनुभयो।छात्राबृत्ति वितरण कार्यविधि २०७९ अनुसार प्राविधिक क्षेत्रमा पढ्ने विद्यार्थीहरुलाई उत्प्रेरीत गर्न उद्धेश्यले प्रोत्साहन स्वरुप छात्राबृत्ति वितरण गरिएको गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले जानकारी दिनुभयो ।
प्राविधिक शिक्षा आजको आवश्यकता भएकाले विद्यार्थीहरुको पठनपाठनमा सहयोग पुर्याउन प्राविधिक शिक्षातर्फ विद्यार्थीहरुको आकर्षण बढाउन र आगामी वर्षको बजेट निमार्णको लागि पनि सहज हुने भएकोले छात्राबृत्ति कार्यक्रम संचालन गरिएको दनैले बताउनुभयो ।
अध्यक्ष दनैले यस कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने र गाउँपालिकाले थप कार्यक्रमहरु ल्याउने बताउनु भएको छ।कार्यक्रममा गाउँपालिकाका अध्यक्ष यमनाथ दनैको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सुमन पण्डित, शिक्षा विकास समितिका सदस्यहरु, कार्यपालिका सदस्य लगायतको उपस्थिति रहेको थियो।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: dhadingsanchar@gmail.com
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |