धादिङ,२० चैत
आगामी बैशाख ३ गतेदेखी ५ गते सम्म हुने बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि खेलाडी छनौट गरीएको छ । जिल्ला खेलकुद विकास समिति धादिङले १२ औं राष्ट्रपति रनिङ शिल्डका लागि खेलाडीहरुको नाम छनौट गरेको हो । जिल्लाबाट भलिबल, कबड्डी, एथलेष्टिक, तेक्वान्दो र कराँते विधातर्फ ७० भन्दा बढी खेलाडी छनोट गरेको छ ।
बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्का लागि धादिङबाट छनोट भएका खेलाडीहरुमा छात्र भलिबल तर्फ मिलन घले, पवन तामाङ–खनियाँबास, रुबिन तामाङ, प्रकास तामाङ –नीलकण्ठ, सुदिप श्रेष्ठ –ज्वालामुखी, सुजन परियार –सिद्धलेक, सुजन मगर –बेनीघाट रोराङ, मनिष लामा–रुबीभ्याली र सितल गुरुङ –सिद्धलेकका रहेका छन्।
यस्तै छात्रा भलिबल तर्फ छनोट भएका खेलाडीहरुमा मन्जु श्रेष्ठ –ज्वालामुखि, सजना राए –बेनीघाट रोराङ, रोशनी श्रेष्ठ , अमृता थापा, सुहाना थापा–सिद्धलेक, रेविका तामाङ , रुविना थापा,सलिना गुरुङ ,अरुनिमा तामाङ –नीलकण्ठबाट रहेका छन् ।छात्रा एथ्लेटिक्स तर्फ छनोट भएका खेलाडीहरुमा संगिता आले –बेनीघाट रोराङ, हिरा कुमाल–ज्वालामुखी, जस्मिला तामाङ ,अनुसा राउत थाक्रे, बविता तामाङ – खनियाबास, मेलिना श्रेष्ठ –नीलकण्ठ, उर्मिला खतिवडा, अनु भुसाल, रेनुका पण्डित गजुरी, अप्सरा सुनार –बेनीघाट रोराङ, रञ्जिता शाक्य ज्वालामुखी बाट रहेका छन् ।
त्यसैगरी छात्र एथ्लेटिक्स तर्फ छनोट भएका खेलाडीहरुमा सुवास बराम, राजेश श्रेष्ठ, आयुष खतिवडा, रोजन श्रेष्ठ –धुनीबेसी, सौगात रेग्मी, सुक्मित गुरुङ – बेनीघाट रोराङ, तारा बहादुर गुरुङ, अमर बहादुर तामाङ, परशुराम तामाङ , भुवन श्रेष्ठ त्रिपुरासुन्दरी गाउँपालिकाबाट रहेका छन् ।यस्तै नीलकण्ठ नगरपालिकाका लक्ष्मी तामाङ, आशिका तामाङ, शान्ति कुमाल, राजु तामाङ, सुमन घले, पावल तामाङ तेक्वान्दो तर्फ छनोट भएका छन् भने कराँते तर्फ स्नेहा तामाङ, रितु खड्, रिदिमा खड्, रमेश रम्तेल, सोमबुद्ध तामाङ , जमराज तामाङ रहेका छन् ।
छात्र कबड्डी तर्फ विपिना लामा, समिक्षा प्रजा, सविना स्याङ्तान, धना राहडी मगर, इन्दिरा श्रेष्ठ, नम्रता श्रेष्ठ, संगिता भुजेल, बिन कुमारी भुजेल, अनु तामाङ रहेका छन् ।त्यसैगरी छात्र तर्फ बिशाल सापकोटा, दिलिप तामाङ, अभिषेक घर्ती मगर, सुदिप अधिकारी, रञ्जित श्रेष्ठ, प्रमोद कुमार श्रेष्ठ, विपन राना मगर, अर्जुन तामाङ, शिशिर खतिवडा छनोट भएका छन् । प्रतियोगितामा १८ बर्षभन्दा कम उमेर समुहका विद्यार्थीहरुले सहभागिता जनाउन पाउने छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |