काठमाडौं,१३ चैत।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाने भएका छन् । उहाँ बैशाख पहिलो साता भारतको राजकीय भ्रमणमा जान लाग्नुभएको हो ।
प्रधानमन्त्रीको भारत भ्रमणका लागि परराष्ट्र मन्त्रालयले आन्तरिक गृहकार्य गरिरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताउनुभयो। प्रधामन्त्री नियुक्त भएपछि प्रचण्ड पहिलोपटक विदेश भ्रमणमा निस्किन लाग्नुभएको हो ।
यद्यपी भ्रमणको मिति भने तय भइसकेको छैन । भ्रमणका क्रममा प्रधानमन्त्रीले भारतमा उठाउनुपर्ने एजेन्डाबारे सरोकारवाला मन्त्रालयहरूसँग परराष्ट्रले समन्वय थालेको प्रवक्ता लम्सालले बताउनुभयो ।
प्रधानमन्त्री भएलगत्तै प्रचण्डले आफु भारत भ्रमणमा जाने बताउनुभएको थियो । तर, मन्त्रिपरिषद विस्तार, सभामुख, राष्ट्रपति निर्वाचन लगायत आन्तरिक व्यस्तताका कारण हालसम्म उनको भारत भ्रमण हुन सकेको छैन ।
प्रचण्डलाई भारतीय विदेशसचिव विनयमोहन क्वात्राले टेलिफोन गरेर बधाई दिँदै भारत भ्रमणका लागि प्रस्ताव गर्नुभएको थियो । त्यसअघि प्रचण्डले ३१ असारमा माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्रीको हैसियतमा भारतको औपचारिक भ्रमण गर्नुभएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |