धादिङ, ११ चैत ।
मुटु रोगको सहज उपचारका लागि धादिङ अस्पतालले शहिद गंगालाल हृदयरोग केन्द्रबीच सेवा विस्तार गर्ने भएको छ ।
धादिङ अस्पतालले मुटुरोगको सेवालाई बिस्तार गर्न गंगालाल हृदयरोग केन्द्रसंग औपचारिक सम्झौता गरेका हो ।
अस्पतालका अध्यक्ष राजाराम रिजालले मुटु रोगको लागि उपचार गर्न राजधानी जानुपर्ने बाध्यतालाई हटाउन महिनाको दुई पटक सेवा दिनेगरी सेवा बिस्तार गर्न लागिएको बताउनुभयो ।
अस्पतालका अध्यक्ष रिजालले मुटु रोगको उपचार सेवा बैशाखबाट जिल्लामै महिनामा दुई पटक दिनेगरि एकवर्षको सम्झौता भएको समेत जानाकारी दिनुभयो । मुटु रोग उपचारका लागि गंगालाल हृदय रोग केन्द्र देशकै विश्वासिलो अस्पतालको रुपमा लिइन्छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |