काठमाडौं, १० चैत ।
रेडियो नेपालकी पहिलो समाचारवाचिका कृष्णा ताम्राकारको निधन भएको छ । ८६ वर्षीय ताम्राकारको निमोनियाको उपचारका सिलसिलामा बिहीबार राति निधन भएको परिवारले बताएको छ ।
बनेपामा जन्मिनु भएकी ताम्राकार नेपाली भाषालाई असाध्यै माया गर्ने सञ्चारकर्मी मानिन्थन् । २०१८ साल जेठ २४ मा रेडियो नेपाल प्रवेश गर्नु भएको ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचनका साथै ‘नासो’, ‘हाम्रो देशको माटो’, ‘हाम्रो वन हाम्रो जीवन’ लगायत कार्यक्रम सञ्चालन गर्नुभएको थिइन् । ‘वातावरण’ कार्यक्रम चलाएबापत उनले सन् १९८९ मा राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) अन्तर्गत ग्लोबल ५०० रोल अफ अनर अवार्ड पाउनुभएको थिइन् ।
उहाँ पछिल्लो समय ईमेज एफएम ९७.९ मा उज्यालो नामको कार्यक्रम सञ्चालन गर्दै आएको ईमेज एफएमले जनाएको छ । उहाँ चराचुरुंगी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियानमा पनि सक्रिय रहनुभएको थिइन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |