नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक छ दशमलव ९० अङ्कले घटेर एक हजार नौ सय २६ दशमलव ४० को बिन्दुमा कायम भएको हो । विभिन्न दुई सय ५९ वटा कम्पनीका ३१ लाख ६३ हजार तीन सय ८९ कित्ता शेयर रू एक अर्ब छ करोड ९८ लाख चार हजारमा खरिदबिक्री भएका छन् ।
आज कारोबारमा होटल तथा पर्यटन, जलविद्युत्, लगानी, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । होटल तथा पर्यटन समूहको उपसूचक सबैभन्दा धेरै २६ दशमलव ६३ अङ्कले बढेको छ । त्यस्तै, जलविद्युत् समूह छ दशमलव ८१, लगानी समूह शून्य दशमलव १६, निर्जीवन बीमा समूह दुई दशमलव ७२ र व्यापार समूह दुई दशमलव ६१ अङ्कले बढेको छ ।
आज सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ६१ दशमलव ०९ र उत्पादन समूहको उपसूचक ४९ दशमलव ११ अङ्कले घटेको छ । त्यस्तै, बैंकिङ समूह छ दशमलव ७२, विकास बैंक समूह १५ दशमलव ८२, वित्त समूह शून्य दशमलव ०८, लघुवित्त समूह ३७ दशमलव ६८, म्युचुअल फन्ड समूह शून्य दशमलव १६ र अन्य समूह पाँच दशमलव २४ अङ्कले घटेको छ ।
तीनवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड, युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र शुभम् पावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । आजको कारोबारमा सानिमा ग्रोथ फन्डको आठ दशमलव ५६ र सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको सात दशमलव ३३ प्रतिशतले घटेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |