धादिङ,१ चैत
बागमती प्रदेशका केहि स्थानमा आज पनि हावाहुरी र मेघगर्जनसहित चट्याङ पर्ने अनुमान गरिएको छ । मौसमविद् समीर श्रेष्ठका अनुसार आज पनि बेलुका पछि वाग्मती, गण्डकी र कोशी प्रदेशका केही ठाउँमा हुरी चल्ने अनुमान गरिएको छ ।
गएराति वाग्मती, कोशी, गण्डकी, कर्णाली, लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा हुरी चलेको थियो । यस्तै, सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा तीब्र गतिमा हावाहुरी चलेको थियो । प्रि मनसुनको समयमा पश्चिमी वायुको प्रभाव पर्दा हावाहुरी चल्ने मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । मेघगर्जन र चट्याङसहित हुरी चल्ने अनुमान रहेकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |