घटना नं.चार
कृष्णराज अधिकारी
एक दिनको कुरा हो मेरो गोठालो जाने पालो आयो । हाम्रो घर मैदानभन्दा माथि तिर थियो । बेशी गोठमा गाई गोरु थिए,गाउँबाट बाख्राहरु वेशी चराउन लैजानुपथ्र्यो । गोठाला साथीहरु पाँच सात जना हुन्थे । कोही आफ्नै उमेर समूहका कोही भने अलि पाका । गोठालोमा तास खेल्नु पाइने, खोपी खेल्न पाइने, मन लागेको बोल्न पाइने कसैको रोकतोक नहुने हुँदा बिदाको दिन गोठालो जान खुब मन पथ्र्यो ।
बिरे चौतराबाट तल लागेपछि बाख्रा पाठाहरु गाईगोरुसँगै बुरुक बुरुक उफ्रदै तलतिर धुलो मडार्दै झर्दथे । हामी सिट्ठी, सुसेली र पात बजाउँदै बस्तुहरु धपाउँथ्यौं । अलिबारीमा गोठ थियो । गोठका गाईगोरु बाहिर निकाल्दै गोबर सोरेर फाल्नु पथ्र्यो । भरत र केशव मेरा मिल्ने साथी थिए । भरतले आज राउते खेत तिर बस्तु चराऔं भने । त्यो खेत हाम्रो गोठभन्दा पारी पट्टी थियो । सानो बेलामा म नुहाउन भने पछि सातो जाने मान्छे । बाबाले मलाई फकाई फकाई बाबुलाई म सुनपानीमा नुहाई दिन्छु भन्नुहुन्थ्यो । केतुकेको धाराबाट दिउँसोको घाममा बगेको पानी साँच्चै सुन जस्तो नभए पनि चाँदी जस्तो देखिन्थ्यो । त्यो सुनपानीको धारो भनेको त्यही राउते खेतको खोल्सा थियो । गोठालो गयो कि याद आइ हाल्ने ।
पाँच सात गह्रा तलमाथि गर्दै खेतका गरामा गाईबाख्रा चरी रहेका थिए । खेत बाँझै राख्ने चलनले गर्दा गह्रामा बाक्लै हरियो दुबो हुन्थ्यो । म बस्तुहरु चरेको कान्लामा बसी हेरी रहेको थिएँ । रत्ने खोलाको किनार तिर अधबैशे केटीहरु गीत भन्दै घाँस काटी रहेका थिए । हामीमध्येको साथी भरत उमेरले अलि पाको र तन्नेरी थिए । म भने त्यस्तै नौ दश वर्ष जतिको हुँदो हुँ । भरतले मलाई हातको ईसाराले बोलाए र भन “ेओई भाई उ त्यो छेउको केटीलाई ए दिदी तिमी मसँग विवाह गछ्यौ त भनेर सोध म पाँच रुपैयाँ दिन्छु ।” मेरो भूरा बुद्धि पाँच रुपैयाँ कमाइने लोभले सिकाएको कुरा भने म ठुलो स्वरले कराउँदै थिए । अरु गोठालाहरु मेरो कुराले रमाइलो मान्दै हाँसी रहेका थिए । त्यतिकैमा एक जना खाइलाग्दो ज्यान भएको दिदी खोल्सीबाट हातमा करौती लिदै पख तिमीहरुलाई उमेर न सुमेर विवाह गर्छु भन्ने , अब सात दिनसम्म खान नहुने गरी मुख टाल्दिन्छु भन्दै लखेट्न थालिन् । मेरो सातो गयो । अरु फटाहा साथीहरु मभन्दा धेरै बलिया र पाका उमेरका थिए । उनीहरु क्ता भागे कुन्नी , म भने रुँदै कराउँदै घारी घारीबाट भागेर जनार्दनको घरमा गई लुके । केहि समयपछि घारीमा यसो छेलपारी हेरेको त त्यो दिदी त्यही उफ्रिदै कराउँदै रहिछिन् । दिनभर म बस्तुभाउ तीर जान सकिन । बेलुका साथीहरुले नै गाईबाख्राा ल्याई दिएछन् । बेसी गोठमा गाईगोरु बाँधेर बाख्राहरु धपाउँदै साथीहरुसँग गाउँको घरमा आएँ ।
दिन बित्यो,महिना बित्यो । एक दिन फेरी गाउँबाट बेशी गोठमा गोठालो जान पर्नेभयो । दशैको औशीमा बिरे चौतारोमा माटो खन्ने जात्रा नै लाग्दथ्यो । त्यस ठाउँ रातो माटोको लागि वरपरको गाउँ सम्म प्रख्यात थियो । म मेरो सुरले बाख्रा धपाउँदै थिए । यत्तिकैमा अलिपरको तन्नेरी तरुनीहरुको हुलबाट एक जना दिदीले म तिर इसारा गर्दै भनिन् ए भाइ तिमी मसँग बिहे गर्ने भनेको हैन आउश्र आजै बिहे गरौं । धेरै मानिसहरु छन्, रमाइलो हुन्छ । तन्नेरी केटाहरु मरीमरी हाँस्न थाले । मलाई उल्ली बिल्ली गर्न लागे म लाजले भुतुक्कै भए । मैले ति दिदीलाई राम्रोसँग देखे चिनेको पनि थिइन् । उनीले भने मलाई याद गगरी रहेकी रहेछिन् । मेरो आँखा धमिलो भयो । मैले आफू अगाडी अरुकेही देखिन । कुन बेला त्यो हुलबाट फुुत्किएर अगााडी भागे थाहै भएन ।
“सँगत गुनाको फल” भनेको साँच्चै हो रहेछ । मैले भन्न नहुने कुरा भने, बोल्न नहुने कुरा बोले । तर,मलाई के गर्दा कसो हुन्छ भन्ने केही थाहा थिएन । जस्तो सिकाए त्यस्तै गरें । त्यस पछि ति दिदी को थिइन् , कहाँ गइन केही थाहा छैन । तर, बाल मस्तिष्कमा जे सिकायो त्यही गर्छ , असल मानिसहरुको संगत हुनुपर्छ भन्ने कुरा चाहिँ अहिले पनि याद आइरहन्छ ।
(लेखक अधिवक्ता एंव नेपाल मानव अधिकार संगठन, धादिङ शाखाका सभापति हुनुहुन्छ । )
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |