धादिङ,२७ फागुन ।
आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनको लागि नीलकण्ठ बहुमुखी क्याम्पसमा शनिवार मनोनयन दर्ता गर्ने कार्य सम्पन भएको छ । स्ववियु निर्वाचनमा नीलकण्ठ बहुमुखी क्याम्पसमा सभापतिमा पदको लागि कविराज श्रेष्ठले मनोनय दर्ता गराउनु भएको छ । यसैगरी सचिवमा राजन अधिकारी र कोषाध्यक्षमा सिता सापकोटा(सितलले)उम्मेद्वारी दर्ता गराउनु भएको छ ।यसैगरी नेविसंघबाट सदस्यहरुमा प्रमिला पाठक, रोजिना शाक्य, भवानी भट्टराई, दिलमान तामाङ, सन्तोष मगर, सन्तोष ढुङगाना र सुमन बाबु खनालले मनोनयन दर्ता गराउनु भएको छ।
नेविसंघबाट स्ववियु सभापतिमा निर्वाचित भए विद्यार्थीहरुले आनन्दसँग अध्ययन गर्ने वातावरणको विकास गर्नेकुरामा पहल गर्ने,क्याम्पसलाई टिकाउन श्रोत व्यवस्थापन गर्न पहल गर्ने,स्थानीय, प्रदेश र संघ सरकारबाट आर्थिक व्यवस्थापनको लागि क्याम्पससँग मिलेर काम गर्ने लगायतको विद्यार्थीहरुको हक अधिकारको लागि काम गर्ने नेविसंघका विद्यार्थी नेताहरुले बताएका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |