धादिङ । ग्रामिण क्षेत्रमा मुटुरोगको बारेमा सुसुचित गराउनुका साथै मुटु परिक्षण शिविर संचालन गर्न नेपाल हृदयरोग निवारण प्रतिष्ठान केन्द्रले १० वटा जिल्ला शाखालाई ECG मेसिन उपलव्ध गराएको छ । वैंक तथा वित्तिय कम्पनिले बहन गर्नु पर्ने सामाजिक उत्तरदयित्व अन्तरगत NMB Bank ले रु ५०००००/- (पाँच लाख) रकम केन्द्रलाई एकमुष्ठ रकम प्रदान गरिएको र सोहि रकमबाट १० थान मसिन र अन्य थप समग्री खरिद गरि आज वितरण गरिएको हो ।
ECG मेसिन वितरण गर्न केन्द्रले सवै जिल्ला शाखाहरुबाट तीन दिनको समयवधि दिएर आवेदन माग गरिएको थियो । शाखाको आवेदनमा न्यूनतम मापदण्ड हुनुपर्ने र संचालन योजना समेत समावेश गर्न सवैलाई पत्राचार गरिएको थियो । जसमध्ये १९ वटा जिल्ला शाखालाई मेशिन आवस्यकता भएको छनोट भएको थियो । पहिलो चरणमा १० वटा मात्र मेसिन उपलव्ध भएकोले १० वटा जिल्ला शाखालाई मेसिन प्रदान गर्न छनौट समितिले कार्यसमितिलाई सिफारिस गरको थियो । जसमध्ये धादिङ शाखाले समेत एक थान ECG मेसन पाउन सफल भएको छ भने वाँकी जिल्ला शाखालाई दोस्सो लटमा उपल्ध गराउने भएको छ । ECG मेसिन संचान कार्यविधी समेत तय गरि आजै हस्तन्तरण गरिएको छ, भने हरेक तिन महिनामा प्रतिनिधी पठाउनु पर्दछ । कार्यक्रममा केन्द्रका पुर्व अध्यक्षहरु, NMB Bank का प्रतिनिधी र १० वटा जिल्ला शाखाको सभापतिहरुको उपस्थिति रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |