धादिङ- गयराती धादिङमा दुई वडा दुर्घटना भएको छ । छुट्टाछुट्टै दुर्घटनामा धुनिवेसी नगरपालिकाका एक जनाको मृत्यु भएको छ भने वडा अध्यक्ष घाइते भएका छन् ।
धुनिवेसी नगरपालिका वडा नम्बर ८ खानीखोलामा टिपरको ठक्करबाट गयराती करिव १२ बजे काठमाडौबाट गजुरीतर्फ आउदै गरेको बा २ क ५६३३ नम्बरको टिपरको ठक्करबाट घाइते हुनुभएका धुनिवेशी वडा नम्बर ६ गैरीगाँउका ६५ वर्षीय रामकृष्ण श्रेष्ठको उपचारको क्रममा बिहीवार बिहान मृत्यु भएको हो ।
ट्रमा सेन्टर काठमाण्डौमा उपचारको क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । टिपर र चालक इलाका प्रहरी कार्यालय खानीखोलाले नियन्त्रणमा लिएको छ ।
त्यस्तै त्रिभुवनराजपथमै पर्ने खानीखोलामा बस र कार ठोक्किदा धुनिवेसी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रामकृष्ण रेग्मी घाईते हुनुभएको छ । बुधबार बेलुका करिव ८ बजे काठमाण्डौबाट गजुरी तर्फ जांदै गरेको ना ५ ख १५६० नम्बरको बस र काठमाडौतर्फ जांदै गरेको बा २० च ६६७० नम्बरको कार आपसमा ठक्कर खांदा कारमा सवार वडा अध्यक्ष रेग्मी घाईते हुनुभएको प्रहरीले जानकरी दिएको छ । उहाँको नर्भिक अस्पताल काठमाण्डौमा उपचार भैरहेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |