श्यामबहादुर मगराती
प्रणय दिवस वा प्रेम दिवस (Valentine’s Day) हरेक वर्ष १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो ।
यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छ भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए । तर भ्यालेन्टान भने सम्राटको निर्णयलाई धर्म विरुद्ध भन्थे । उनको बुझाईयो थियो कि अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । त्यसैले उनले राजा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरु तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई. पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई विशेष उत्सवको रुपमा मनाउने गरिन्छ ।
यो पर्व वादिवसमा गुलाफको फूल आफ्नो प्रेमी प्रेमिकालाई दियो भने प्रेम सम्बन्ध प्रगाढ हुन्छ भन्ने जनविश्वास रहँदै आएको छ । विशेष गरी युवायुवतीहरुमा यसको बढी लगाव हुने गर्दछ । प्रत्येक वर्ष यो पर्वमा नेपालमा मात्र पाँचलाख रुपैंयाँभन्दा बढी गुलाफको फूल बिक्रीहुने गर्दछ । पछिल्लो समयमा हाम्रो देश नेपालमा पनि यो दिवस मनाउनेको संख्या बढ्दो क्रममा रहेको छ । यस दिन मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने, प्रेममा रहेकाले एकअर्कामा प्रेमभाव साटासाट गर्ने, घुम्न जाने र विभिन्न उपहार आदानप्रदान गरि मनाउने चलन छ । हरेकको मनमा प्रेमभाव अङ्कुुराएको हुन्छ । मनले मन पराएको मान्छेलाई प्रेम प्रस्ताव राख्नु, एकले अर्कोलाई प्रेम गर्नु नराम्रो कदापि होईन ।
प्रेम मनसँग जोडिएको, भावनासँग जोडिएको विषयहो । तर पछिल्लो समय प्रेम गर्ने नाममा, प्रेम दिवस मनाउने नाममा विभिन्न विकृति भित्रिएको पाईन्छ । प्रेम दिवस भन्दैमा बाटोमा हिँडेको जोकोहीलाई हातमा गुलाब थमाएर प्रेम हुन सक्दैन । प्रेम हुनएक अर्कामा मनसँग मन मिल्नु जरुरी छ ।
सच्चा प्रेममा जिन्दगीको गति र दिशा पत्ता लगाउन सक्ने शक्ति हुन्छ । विगतमा मन पराएको मान्छेलाई चिठी पत्र मार्फत आफ्नो मनको कुरा लेखी पठाउने चलन थियो । तर पछिल्लो समय प्रविधिको विकाससँगै मन पराएको मान्छेलाई क्षणभरमै मनको कुरा सुनाउन र भन्न सकिने अवस्था रहेको छ । एकअर्कामा प्रेम हुनु जरुरी छ । प्रेमविना संसार चल्दैन । सच्चाप्रेमीले सदैव भलो चाहन्छ । प्रेमले जीवन जिउन सजिलो बनाउँछ । प्रेम स्वार्थी होईन निश्वार्थी हुनुपर्छ । तर पछिल्लो समय भावनात्मक रुपमा भन्दा पनि विभिन्न स्वार्थ भावका साथ झूटो प्रेम ‘फेक लभ’ गर्नेहरुको कमी छैन । यसो हुनु राम्रो होईन । अतः फूल विभिन्न उपहार दिएर गाँसिएको प्रेमभन्दा चोखो मनले गाँसिएको प्रेम पो मिठो र दीगो हुन्छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |