बद्री प्रसाद दाहाल
धादिङ्गको सुन्दर राजधानी
भन्छन्अरूङ् थोपल८जाग नानी।
हजार नब्बे कुसुमै फुलेका
रङ्गीन उद्यान बनी झुलेका ।।
छ उच्च शिक्षालय नीलकण्ठ
सीपी जिएच् क्याम्पस छन् प्रसिध्द ।
शताधिकै इस्कुल छन् सुरम्य
गुफा र गुम्बा कति तारतम्य ।।
बजार नौली दुहिता समान
गर्छिन् सबै आगतमा सुमान ।
श्रीकृष्णको मन्दिर नव्य सभ्य
साङ्कोसमा शङ्कर छन् सुभव्य ।।
छिन् भैरवी उज्ज्वल ती गणेश ।
छन् पञ्चकन्या अनि छन् महेश ।।
छन् सागसब्जी, फलफूल नाना ।
पाखा र बेँसी गहुँ झुल्छ धान ।।
डाँडा वनेली हरिया छ फाँट
दिन्छिन् सधैँ जाँगर जोस आँट।
यै मृत्तिका प्राणसमान ठानी
बस्छौँ सबै धादिङ– राजधानी ।।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |