नातिबाबु भट्ट
कोलोराडो, अमेरीका
कोलोराडोमा एक महीना अगाडी लुटेराको गोलीलागी मारीएका भेषराज लामीछानेको परिवारलाई एक समारोह बिच सहयोग रकम हस्तान्तरण गरिएको छ ।
परिवारको आर्थिक अवस्था कमजोर भएको कारण कोलोराडोमा सकृय संस्था रकी माउन्टेण्ड फ्रेण्डस अफ नेपालको पहलमा आर्थिक सहयोग संकलन गर्न गोफन्ड मी खोलिएको थियो । सोही गोफन्ड मी मा संकलन भएको रकम मद्ये गोफण्डको दस्तुर कटाएर बाकी रहेको ८० हजार ३ सय ५६ डलर हस्तान्तरण गरिएको हो ।
गत जनवरी ५ मा आफ्नै स्टोरमा काम गरिरहेका बेला लुटेराको गोलीबाट लामीछानेको दुःखद निधन हुन पुगेपछी स्थानीय समुदाय संघ संस्थाहरुको अग्रसरता र परिवारको स्विकृतीमा जनवरी ६ तारिकका दिन गोफण्ड मी शुरुगरीएको थियो । झण्डै एक महिनाको अवधिमा ९ सय ७४ दाताको सहयोगबाट ८४ हजार ४ सय ८७ डलर संकलन भएको थियो । सोही रकम भेषराजको धर्म पत्नी नारायणी खनाल लामीछानेको उपस्थीतीमा उहाको ज्वाई पुण्य ढकाललाई हस्तान्तरण गरिएको रकी माउन्टेण्ड फ्रेण्डस अफ नेपालका अध्यक्ष टिका पौडेलले बताएका छन् ।
सहयोग हस्तान्तरण समारोहमा एनआरएन कोलोराडो च्याप्टरका उपाध्यक्ष प्रकाश पौडेल, रकी माउन्टेण्ड फ्रेण्डस अफ नेपालका सचिव अर्जुन बगाले, निवर्तमा अध्यक्ष बिनोद त्रीपाठी, बरिष्ठ कलाकार तथा साहित्यकार कृष्णमुरारी ढुङ्गेल लगायतका ब्याक्तीहरुको उपस्थिती रहेको थियो ।
नेपालको तनहु जिल्ला साबिकको रम्घा गावीस ८ लामीछाने बेसी घर भई सन् २०१४ मा डिभी मार्फत अमेरीका आएका लामिछाने ३ छोरी, एक छोरा र श्रीमती सहित कोलोराडोमा बस्दै आएका थिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |