धादिङ,२१ माघ ।
माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल हिस्टुन धादिङको अध्यक्षमा सुशील कुमार माझी निर्वाचित हुनुभएको छ । धादिङबेशीमा सम्पन्न भएको दोस्रो जिल्ला अधिबेशनले माझीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको हो ।नवगठित कार्यसमितिको खुला उपाध्यक्षमा उमेश श्रेष्ठ, सचिवमा जीवन श्रेष्ठ, कोषध्यक्षमा नारायण प्रसाद सिंखडा, सह सचिवमा अमृता खतिवडा, महिला उपाध्यक्षमा सुनिता मिश्र चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा विकास थापा मगर, घनश्याम ओझा, राजन भण्डारी, सावित्री कडेंल र रमेश भण्डारी निर्वाचित हुनुभएको छ।
सबै शिक्षकहरुको विचार सम्मान गर्ने उदे्श्यले संगठनको स्थापना गरेको कार्यक्रममा जानकारी गराईएको थियो । हिस्टुन जिल्ला कार्यसमिति धादिङको आयोजना तथा त्रिपुरा पुस्तक पसलको प्रायोजनमा अधिवेशन सम्पन्न भएको हो । यसैगरी राजु गोदारको संयोजकमा सल्लाहकार समिति गठन गरिएको छ ।सदस्यमा राजन कार्की र सम्झना भट्ट रहनुभएको छ ।
राजु गोदारको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा माध्यमिक विद्यालय शिक्षक युनियन नेपालका केन्द्रिय महासचिव टिका प्रसाद न्यौपानेको प्रमुख आथिथ्यता रहेको थियो भने हिस्टुन धादिङमा आवद्ध शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |